सर्लाहीको ईश्वरपुर नगरपालिका १५ स्थित श्रीनगर हरिपुर्वा सडक खण्डबाट प्रहरीले भन्सार छलीकाे सामान सहित एउटा माेटरसाईकल नियन्त्रणमा लिएको छ ।
ईश्वरपुर नगरपालिका १५ स्थित श्रीनगर हरिपुर्वा सडक खण्डबाट प्रहरीले भन्सार छलीकाे सामान सहित एउटा भारतिय नम्बरकाे माेटरसाईकल नियन्त्रणमा लिएको प्रहरी चाैकी गाैरीशंकरले जनाएको छ ।
प्रहरीले बिहिबार दिउँसाे करिब ११:३० बजेकाे समयमा हरिपुर्वाबाट श्रीनगर तर्फ आउदै गरेकाे विआर ०६ एए १२६४ नम्बरकाे भारतिय माेटरसाईकल सहित साे माेटरसाईकलमा भन्सार छली ल्याईएकाे ३ बाेरा मैदा र २ दशमलव २५ लिटरका ५४ वटा बाेतल भारतिय माउन्टेन डिउ बरामद् गरेकाे हाे ।
भन्सार छलिकाे सामान लिएर आउदै गरेकाे विआर ०६ एए १२६४ नम्बरकाे भारतिय माेटरसाईकल सहित भन्सार छली ल्याईएकाे ३ बाेरा मैदा र २ दशमलव २५ लिटरका ५४ वटा बाेतल भारतिय माउन्टेन डिउ स्थानियले बरामद् गरि प्रहरी चाैकी गाैरीशंकरलाइ बुझाएका हुन ।
बरामद् भएको सामान र माेटरसाईकलकाे अनुमानित मुल्यांकन गरि आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्ज पठाउने तयारी भई रहेकाे प्रहरीले जनाएको छ ।