सर्लाहीको बलरा नगरपालिका १० सुदाममा दुई पक्ष विच भएको झडपमा १३ जना घाईते भएका छन्।बलरा नगरपालिका १० सुदामाका सुवोध पासवान र सोही ठाउँका भोला पासवान विच पुरानो रिसिवीको कारण विवाद भई झै–झगडा तथा कुटपिट हुँदा सुबोध पक्षका छ जना र भोला पक्षका सात जना गरी १३ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार सुवोध पक्षका सोवोध पासवान,शिव सागर पासवान,दिनेश पासवान,हरेन्द्र पासवान,लखचन पासवान र अंगद पासवान घाईते भएका छन् भने भोला पक्षका सन्तलाल हजारी,रुपेश हजारी, कामनी देवी, पुजा देवी,मुकेश हजारी,निक पासवानका साथै देश भारत जिल्ला सितामढीका विरेन्द्र पासवान घाईते भएका छन् ।घाईतेहरुको जनकपुरमा उपचार भई रहेको र सबैको अवस्था खतरामुत्त रहेको प्रहरीले जनाएको छ ।