Close This

सर्लाहीमा कोरोना संक्रमितको संख्या ३

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३ गते   ४४३ पटक हेरिएको

सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीया महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार निकालेको विज्ञाप्तीमा ती महिलालाई संक्रमण पुष्टि भएको पाईएको हो । 
जिल्लाको धनाकौल गाउँपालिकामा एक १४ वर्षिय किशोरमा र हरिपुर्वा नगरपालिका ३ मा ४५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो । यो संगै अब जिललामा संक्रमितको संख्या तीन पुगेको छ ।
पर्साको विरगन्ज उप महा नगरपालिका १२ का २८ र  २९ वर्षीय पुरुष, सिराहाको सखुवा मरान १९ का ३० वर्षीय पुरुष, चितवनको गढ़ौली १ का २५ वर्षीय महिला र बर्दियाको नार्दु ११ का २८ वर्षीया महिला रहेका शनिबार मन्त्रालयले निकालेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

सर्लाहीको धनकौलमा र हरिपुर्वामा १÷१ जना पुरुषमा यस अघि पनि कोभिढ(१९) पुष्टि भएको थियो । अब जिल्लामा संक्रमितको संख्या ३ पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech