Close This

मधेश प्रदेशका चार जिल्लाका घरघरमा काेराेना विरुद्धको खाेप लगाउन शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२१ गते   २६४० पटक हेरिएको

 मधेश प्रदेशका चार जिल्लाका घरघरमा काेराेना विरुद्धको खाेप लगाईने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको काेराेना भाईरसका विरुद्ध सरकारले थालेकाे खाेप अभियान अन्तर्गत मधेश प्रदेशका राैतहट,सर्लाही,महाेतरी र धनुषामा घरघरमा खाेप कार्यक्रमकाे आज( शुक्रबार) एक कार्यक्रमका विच उद्घाटन गरिएको हाे ।
आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीकाे आयाेजना तथा स्थानिय सरकार र प्रदेश सरकारकाे समन्वयमा यी चार जिल्लाका गर्भवती,जेष्ठ नागरिक,अपाङ्ग तथा अशक्त र शारीरिक  रुपमा फरक क्षमता भएका करिब ३२ हजार जनालाई काेराेना विरुद्धको पहिलाे खाेप लगाउने कार्यक्रमकाे मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशाेर साह र प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका प्रमुख विजय झाले एक अनाैपचारिक कार्यक्रम मार्फत उद्घाटन गर्नु भएको बागमती सेवा समाज सर्लाहीका अध्यक्ष भरत कार्कीले जानकारी दिनु भयाे । उहाँका अनुसार नेपाल सरकारले आगामी चैत सम्ममा सत प्रतिशत नागरिकलाई काेराेना विरुद्धको खाेप लगाई सक्ने लक्ष्य लिए अनुसार स्थानिय सरकार र प्रदेश सरकारकाे साझेदारीमा यी चार जिल्लाका गर्भवती ,जेष्ठ नागरिक,अपाङ्गता भएका,शारीरिक रुपमा अशक्त र फरक क्षमता भएका नागरिकहरुलाई घर घरमै पुगेर सहज रुपमा खाेप लगाउने व्यावस्था गर्न लागिएको हाे ।
नेपाल सरकारसंग काेराेना विरुद्धको खाेप सहयाेग लिएर जिल्ला स्वास्थ्य कार्यालयहरु,स्थानिय सरकारहरु र प्रदेश सरकारसंग समन्वय गर्दै आगामी ४ महिना भित्रमा चार जिल्लाका ८ हजारका दरले ३२ हजार जनालाइ खाेप लगाई सक्ने संस्थाले लक्ष्य लिएकाे छ ।  अभियानकाे क्रममा माेराेना सम्बन्धि जनचेतनामुलक सन्देश प्रवाह गर्नुका साथै अन्य काेराेना विरुद्ध खाेप लगाउन छुटेका नागरिकहरुलाई खाेप लगाउन प्रेरित गर्ने आड्रा नेपालका डाईरेक्टर डा.घनश्याम भट्टले बताउनु भयाे । संस्थाले मधेश प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे प्राङ्गणमा एक अनाैपचारिक कार्यक्रम गरि अभियानकाे सुरुवात गरेकाे हाे ।संस्थाले चार जिल्लालाई चारवटा माेवाईल गाडीको व्यावस्था गरि घुम्ती काेभिड १९ खाेप सेवा सञ्चालन गरेकाे छ । हरेक १ जिल्ला १ माेवाईल गाडीको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech