इश्वरपुर ६ बयलवासमा सरसफाई र वि.पी पुस्तकालय स्थापना

371 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवासमा वि.पी पुस्तकालय स्थापना गरिएको छ ।ईश्वरपुर नगरपालिका र केशर पुस्तकालय काठमाडौंको सहकार्यमा इश्वरपुर नगरपालिका ६ बयलवासस्थित वडा नम्बर ६ को भवनमा पुस्तकालय स्थापना गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार सोमबार औपचारिक उद्घाटन गरिएको पुस्तकालय छठपछिबाट सञ्चालनमा आउने छ ।
 विशेश्वर प्रसाद कोइरालाका समकालिन नेता बाशुदेव शरण कोइरालाको विशेष उपस्थितिमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यको अध्यक्षता तथा केशर पुस्तकालयका प्रमुख सुरेश कुमार यादवको प्रमुख आतिथ्यतामा पुस्तकालयको औपचारिक उद्घाटन गरिएको इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष महम्मद रहमन अन्सारीले बताए ।पुस्तकालय उद्धघाटन कार्यक्रममा नगर उप प्रमुख रन्जितादेवी चौधरी,ईश्वरपुर नगरपालिका ६ का वडाध्यक्ष अन्सारी लगायत विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

sp.jpeg
त्यस्तै,नेपालीहरुको महान चाड बढा दशैँको अवसरमा इश्वरपुर नगरपालिका स्थित रहेको बयलवास बजारमा सरसफाई कार्यक्रम समेत गरिएको छ।इश्वरपुर नगरपालिका स्थित रहेको बयलवास बजारका साथै बजारमा रहेका सार्वजनिक स्थलहरुको सरसफाई गरिएको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।इश्वरपुर नगरपालिकाले दशैंको अवसरमा इश्वरपुर मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता पनि सञ्चालन गरि रहेको छ ।

सम्बन्धित समाचार