शहिद कोईराला परिवारको आवाश निर्माण सम्पन्न,चाँडै हस्तान्तरण गर्ने तयारी

1.5k Shares

शंखर पहाडी(गौरब) 
सर्लाही कै पहिलो शहिद परिवारको आवाश निर्माणको काम सम्पन्न भएको छ । ससर्लाहीका प्रथम शहिद बागमती नगरपालिका १२ का स्व.इन्द्र कोईरालाका परिवारलाई नेकपा(माओवादी केन्द्र) सर्लाहीको पहलमा सुरु भएको आवाश निर्माणको काम सम्पन्न भएको हो  ।
२०५५ साल कार्तिक १० गते तत्कालीन जनयुद्धको क्रममा क्रुर शासकहरुसंगको लडाईमा कोईरालाको ज्यान गएको थियो । दुई छोरा र दुई छोरी रहेका स्व.कोईराला परिवारलाई बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले सुरु भएको आवाश निर्माणको काम सम्पन्न भएको स्व.कोईराला आवाश निर्माण समितिका अध्यक्ष  मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिए। आवाश निर्माणको काम सकिएको र चाँडै नै स्व.कोईराला परिवारलाई हस्तान्तरण गर्ने तयारी भई रहेको उनले बताए ।
स्व.कोईराला परिवारलाई माओवादी केन्द्रका अध्यक्ष गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले एक भव्य कार्यक्रमका वीच हस्तान्तरण गर्ने स्व.कोईराला आवाश निर्माण समितिका अध्यक्ष  सन्देशले बताए  ।
बागमती नगरपालिकाको पहलमा माओवादी केन्द्र सर्लाहीले देशभरमै पहिलो पटक शहिद परिवारको आवाश निर्माणको काम गरेको र स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० का कारण निर्माण सम्पन्न गर्न केही ढिलो भएको भए पनि अहिले भवन निर्माण सम्पन्न भएको समितिले जनाएको छ । समितिका अनुसार माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुको अथक प्रयास भएकोले  निर्माण सामाग्री एवम आर्थिक संकलन गरेर आवाश निर्माणको काम सम्पन्न  भएको हो ।
बागमती नगरपालिकाले करिब २४ धुर जमिन उपलब्ध गराएको र सोही जमिनमा शहिद परिवारको आवाश निर्माण भएको बागतमी नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए  । शहिद परिवारको आवाश निर्माणको काम सकिएको र  पार्टीका केन्द्रीय अध्यक्ष गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम वर्तमान प्रधानमन्त्री दाहालले एक कार्यक्रमका वीच भवन चाँडै नै हस्तान्तरण गर्ने नगर प्रमुख थापाले बताए ।

सम्बन्धित समाचार