लालबन्दी १४ बाट १६ क्विन्टल भन्दा बढी प्रतिवन्धित लागूऔषध गाँजा बरामद्

477 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित नारायण खोलाबाट प्रहरीले १६ क्विन्टल भन्दा बढी प्रतिवन्धित लागूऔषध गाँजा बरामद् गरेको छ।लालबन्दी नगरपालिका १४ स्थित नारायण खोलामा घरमा लुकाई छिपाई प्रतिवन्धित लागू औषध गाँजा राखेको भन्ने विशेष सुचनाको आधारमा पुगेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,लागूऔषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले १६ क्विन्टल १२ किलो आठ सय ५० ग्राम प्रतिवन्धित लागूऔषध गाँजा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लालबन्दी नगरपालिका १४ नारायण खोला,इश्वरपुर नगरपाकिला १२ घारी बथान र पिपल दमारका साथै छिमेकी जिल्ला सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका क्षेत्रमा प्रतिवन्धित लागूऔषध गाँजाको उत्पादन,प्रशोधन,भण्डारण र विक्री वितरण भइरहेको भन्दै प्रहरीले सक्रियता बढाएको छ ।
लालबन्दी नगरपालिका १४, डाईनि खोला भन्दामाथी लंगुर डाँडामा दुईवटा दुई तल्ले घरमा खानतलासी गर्दा टिनको ड्रमहरु र प्लाष्टिकको बोराहरु राखिएको  अवस्थामा प्रतिवन्धित लागू औषध गाँजा बरामद गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालले जानकारी दिए ।उनका अनुसार बरामद् भएको प्रतिवन्धित लागू औषध गाँजा ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर बिहीबार(आज) साँझ करिब ४ बजे सार्वजनिक गरिएको हो ।
त्यस्तै घर कसको हो भन्ने बारेमा अहिले कुनै विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।लालबन्दी नगरपालिका १४ नारायण खोला,ईश्वरपुर नगरपालिका १२ को घारी बथान र पिपल दमारका साथै सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका क्षेत्रमा उत्पादन हुने प्रतिवन्धित लागू औषध गाँजा सर्लाहीका विभिन्न सडक तथा नाकाहरुको प्रयोग गरेर छिमेकी देश भारत सम्म पुग्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचार