Close This

नगरस्तरीय चौथो वडाअध्यक्ष कप फुटबल प्रतियोगीता शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१५ गते   ५५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा नगरस्तरीय चौथो वडाअध्यक्ष कप फुटबल प्रतियोगीता शुरु भएको छ । लालबन्दी नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगीतामा नगरका १७ वटै वडाका १÷१ गरी १७ वटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।
 लालबन्दी नगरपालिका १ को आयोजना र जिवेश्वर युवा क्लबको व्यावस्थापनमा चौथो नगरस्तरिय वडा अध्यक्ष कप नक आउट फुटबल प्रतियोगीता लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले उक कार्यक्रमका वीच उद्धघाटन गर्नु भएको हो ।
क्लबका अध्यक्ष दिप बहादुर बुढाथोकि( दिपेन्द्र) को अध्यक्षतामा भएको कार्यक्रममा पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ,नगरका प्रमुख प्रशासकिय अधिकृत मात्रिका आचार्य,नगरका सबै वडाका वडा अध्यक्षहरु,जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष विष्णु सुस्लीङका साथै स्थानियबासीहरुको उल्लेख्य सहभागीता रहेको आयोजकले जनाएको छ ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थानिय नकिायको निर्वाचन भए लगतै वडा स्तरमा पनि खेलाडी उत्पादन गर्ने र नगरका एक वडा र अर्काे वडा वीच सम्बन्ध बनाई राख्न खेलकुद क्षेत्रले ठूलो भुमिका खेल्ने भन्दै प्रतियोगीताको आयोजना गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खड्काले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech