Close This

सर्लाही प्रहरीले लकडाउन अवज्ञा गर्नेमाथी क्याचिङ्ग रडको प्रयोग गर्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-८ गते   ५९२ पटक हेरिएको

सर्लाही प्रहरीले लकडाउन अवज्ञा गर्ने व्यक्तिलाई क्याचिङ्ग रडको प्रयोग गरी पक्राउ गर्ने भएको छ ।विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको चेन तोडन लकडाउन कार्य्न्वयन गराउन प्रहरी विभिन्न ठाउँमा खटिने भएकोले प्रहरीलाई कोरोना संक्रमण बाट सुरक्षित राख्न यो विधि प्रयोग गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।
लगडाउन उलंङघन गर्ने तथा गम्भिर मुद्दाका मानिस पक्राउ गर्नाका लागी सर्लाही प्रहरीले क्याचिङ्ग रडलाई प्रयोग गर्ने छ ।चार मिटर लामो र दुई मिटर गोलाईको रड गासेर बनाईएको क्याचिङ्ग रडले सामाजिक दुरी कायम गरी व्यक्तिलाई पक्राउ गर्न प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।
सदरमुकाम, सिमा नाका तथा राजमार्गका लगाएतका प्रहरी एकाईहरुमा क्याचिङ्ग रडको प्रयोग गरी मानिस नियन्त्रण गर्ने छ । खासगरी सबै ठाउँमा अगाडि नै खटिने प्रहरी सुरक्षित नभई अरुलाई सुरक्षित गर्न सम्भव नहुने हुदा प्रहरीको स्वास्थ सुरक्षाका लागी यो विधि अपनाउन लागिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।साथै विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाईरसको रोकथामको मुख्य उपाए नै लकडाउन भएको हुदा सर्बसाधारण हरुलाई अत्यावश्यक काममा वाहेक वाहिर हिडडुल नगर्न जिल्ला प्रहरी कार्यालय सर्लाही अनुरोध समेत गरेको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech