सोल्टी बजारमा असोज १० गतेबाट ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीता हुने

गणेश खड्का    प्रकाशित: २०८०-६-७ गते   ४६३ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका १० स्थित सोल्टी बजारमा ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीता हुने भएको छ ।बागमती नगरपालिका १० स्थित रहेको सोल्टी बजारको ५० औं वार्षिकोत्सवको अवसरमा असोज १० गतेदेखि १३ गते सम्म ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीता हुने मेला व्यावस्थापन समितिका अध्यक्ष तारा लामाले जानकारी दिए ।
उनका अनुसार असोज १० गतेदेखि १३ गते सम्म सञ्चालन हुने ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीतामा प्रथम पुरस्कार रु ५१ हजार र १० तोलाको चाँदीको मेडल,द्धितिय पुरस्कार रु ३१ हजार र ७ तोलाको चाँदीको मेडल,तृतिय पुरस्कार रु २१ हजार र पाँच तोलाको चाँदीको मेडल र सान्त्वना पुरस्कार रु ६ हजार १ सय रहेको छ ।
४ दिन सम्म सञ्चालने हुने ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीतामा रु १ हजार १ सय प्रवेश शुल्क तोकिएको छ ।नृत्य प्रतियोगीतामा आफ्नो जातजाति तथा भेषभुषा र सामुहिक डान्सलाई प्राथमिकता दिइने मेला समितिले बजनाएको छ । मेला समिति तथा सोल्टी यूवा क्लव,बागमती नगरपालिका र सोल्टी बजारको संयुक्त आयोजनामा  सोल्टी बजारमा ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीता हुने आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech