माओवादी केन्द्र गोडैता नगर कमिटिको प्रथम नगर अधिवेसन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   ५७ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) गोडैता नगर कमिटिले आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ । नेकपा(माओवादी केन्द्र) प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीको प्रमुख आतिथ्यतामा गोडैता नगरपालिका ८ मा  प्रथम अधिवेशन भएको हो । 
प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष बुढाथोकीले आगामी स्थानीय, प्रदेश तथा संघीय  निर्वाचनमा नेकपा माओवादी केन्द्र देशको पहिलो पार्टी बनेर देखाउने  बताउनुभयो । उहाँले स्थानीय , प्रदेश र केन्द्रसम्म नै एक भएर जानुपर्ने वताउनुभयो ।
सर्लाही क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष अनिता राय यादवको अध्यक्षता तथा प्रदेश नम्बर २ का अध्यक्ष बुढाथोकीको प्रमुख आतिथ्यतामा मंगलबार कार्यक्रम सम्पन्न भएको नेकपा(माओवादी केन्द्र) सर्लाहीका सह इन्चार्ज लुमणी धिमाल(लोचन)ले जानकारी दिनु भयो ।
कार्यक्रममा  केन्द्रीय सदस्य एवम पुर्व मन्त्री रामेश्वर राय,केन्द्रीय सदस्य एवम  प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह,केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले,सर्लाही जिल्ला सह इन्चार्ज लोचन,रामपृत यादव,सर्लाही जिल्ला संयोजक कमल बुढाथोकी ,संविधान सभा सदस्य शिवपुजन राय,अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य एवम प्रदेश कमिटी सदस्य सावित्रा बुढाथोकी ,संविधान सभा सदस्य शम्भु पासवान ,क्षेत्र नन्बर ४ का क्षेत्रीय अध्यक्ष फकिरा महतो नविराज खान,सूर्य कान्त यादव र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव लगायतका नेताहरुको विशेष उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech