Close This

संयुक्त विद्यार्थी संघर्ष समिति सर्लाहीद्धारा सरकार विरुद्ध चर्काे नारा वाजी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१९ गते   १८८ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा संयुक्त विद्यार्थी संघर्ष समितिले सरकारको विरुद्धमा नारा वाजी गरेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ,नेकपा(माओवदाी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी),नेकपा (एमाले) माधब समुहको विद्यार्थी संगठन अखिलले संयुक्त रुपमा सरकारको विरुद्धमा नारा वाजी गरेको हो ।
संयुक्त विद्यार्थी संघर्ष समितिले गरेको सरकार विरुद्धको नारा वाजीमा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थी नेताहरुले बताएका छन् । लालबन्दी नगरपालिका ७ अन्र्तगत पुर्व पश्चीम लोकमार्गको  डुमडुमेबाट सुरु गरिएको नारा वाजी लालबन्दी बजारको परिक्रमा गरि कोण सभामा परिणत भएको नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी¬) सर्लाही जिल्ला अध्यक्ष विवेक मैनालीले जानकारी दिनु भयो ।
सरकार विरुद्ध नारा वाजी गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने योजना बनाएको थियो । तर प्रहरीले संयुक्त विद्यार्थी संघर्ष समितिको पुर्व तयारी कार्यक्रमलाई हस्तक्षप गरेका कारण प्रधानमन्त्री ओलीको पुत्ला दहन नगरिएको नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघ सर्लाहीका नेता योगराज देवकोटाले बताउनु भयो ।
 आफुहरुकोशान्ती पुर्ण नारा वाजीमा प्रहरीले हस्तक्षप गरेर आफुहरुसंग मुण्भेड गर्न खोजेको तर आफुहरु मुढभेडमा जान नचाहेका कारण प्रधानमन्त्री ओलीको पुत्ला दहन नगरेको नेकपा (एमाल¬े माधब समुहको विद्यार्थी संगठन अखिलका केन्द्रिय सदस्य राज कुमार बिकले बताउनु भयो । प्रधानमन्त्री ओलीले एकपछि अर्काे असंवैधानीक कदम चालेको भन्दै विद्यार्थीहरुका साथै सरकार भन्दा बाहिर रहेका राजनैतिक दलहरुले सरकारको चर्काे आलोचना गरेका छन् । सरकार विरुद्धको नारा वाजीमा संयुक्त विद्यार्थी संघर्ष समितिका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech