सर्लाहीको हरिपुर लगायतका स्थानका विद्यालयमा बालबालिकाहरुको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानिय अभिभावकहरुले आक्रोश व्यक्त गरेका छन् । हरिपुर नगरपालिका वडा नम्बर ८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहिन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकहरुले आक्रोश व्यक्त गरेका हुन ।
विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापक मिलेर सरकारको तर्फबाट बालबालिकाहरुको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहिन खाजा खुवाएको स्थानिय अभिाभावक लक्ष्मी रायको आरोप छ ।
विद्यार्थीहरुको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोके अनुसारको खाजा नखुवाएको,खाजा बनाउन आएको घ्यु विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रजाक धोवी र विद्यालयका प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहिन तेलमा खाजा बनाएर खुवाउने गरेको विद्यालय व्यापवस्थापन समितिकी सदस्या तथा अर्का अभिभावक सीता श्रेष्ठ( मुखिया)ले बताउनु भयो ।
नेपाली बजारमा नामै नस्ुनेको सफारी,साजन,सेफ लगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको,नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा समेत हेरफेर गरिएको भन्दै आफुहरुले विरोध गरेको अभिभावकहरुको भनाई छ । आफुहरुले आफ्ना बालबालीकाहरुलाई दिनभर काम गरेर भएपनि बालिबालीकाको स्वास्थ्यमा ध्यान दिएको तर विद्यालयले आफ्ना बालबालीकाहरुको स्वास्थ्यमाथी खेलवाड गरि गुणस्तरहिन खाजा खुवाएर बालबालीकाको खाजामा समेत भ्रष्टाचार गरेको भन्दै विरोध गरेको उनिहरुको भनाई छ । कक्षा ५ सम्म सञ्चालीत विद्यालयमा करिब सय जना विद्यार्थीहरु अध्यायनरत रहेका छन् ।
यता,विद्यालयका प्रधानाध्यापक महेन्द्र गिरीले आफुहरुलाई अभिभावकहरुले लगाएको आरोपको खण्डन गर्दै नेपाल सरकार र स्थानिय सरकारले तोके अनुसारको नै खाजा खुवाउने गरेको बताउनु भयो । साथै विद्यालयमा घ्यु नआएको र अभिभावकहरुले आरोप लगाए अनुसार घ्यु आफुहरुले नलगेको समेत उहाँले बताउनु भयो ।
त्यस्तै हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर यादवले नगरले तोके अनुसारको नै खाजा खुवाएको र यदि कुनै विद्यालयहरुले नगरले तोके अनुसारको खाजा नखुवाएको पाइएमा आवश्यक कार्बाही गर्ने बताउनु भयो ।उहाँले तत्कालै नगर भित्रका सबै विद्यालयहरुको स्थलगत अनुगमन गरि नगरले तोके अनुसार भए नभएको अनुगमन गर्ने बताउनु भयो ।
स्थानिय सरकारले हरेक दिन फरक फरक परिकारको खाजा खुवाउनु पर्ने भन्दै तालिका तोकेछ । भने नेपाल सरकारले प्रति विद्यार्थी दैनिक रु १५ का दरले खाजा खुवाउन रकमको व्यावस्था गरेको छ । कतिपय विद्यालयहरुमा बजारमा पाइने प्याकिंग भएका बजारीया खाजाहरु पनि खुवाउने गरेको पाइएको अभिभावकहरुले बताएका छन् ।