सर्लाहीको हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन योन्जनले रु १६ लाख अनियमितता गरेको रहस्य बाहिरिएको छ ।हरिवन नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटबाट पोखरी निर्माणको लागि भन्दै दिएको रु १६ लाख रकम हरिवन नगरपालिका २ का वडा अध्यक्ष योन्जनले अनियमितता गरेका पाइएको हो ।हरिवन नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटबाट हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा १८ कठ्ठामा पोखरी निर्माणको लागि भन्दै दिएको रु १६ लाख रकम वडा अध्यक्ष योन्जनले अनियमितता गरेका हरिवन नगरपालिका २ का स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा १८ कठ्ठामा पोखरी निर्माण गर्न एक ठेकेदार कम्पनीलाई ढुंगा निकालेर जाने सर्तमा निःशुल्क खन्न लगाएर वडा अध्यक्ष योन्जनले १६ लाख झ्याम पारेका हुन ।हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा रहेको ऐलानी प्रति १८ कठ्ठा जमिनमा अत्रौली खोलामा पुल निर्माण गरि रहेको ठेकेदार कम्पनीलाई ढुंगा निकालेर लैजान दिने सर्तमा ठेकेदार कम्पनी आफैँले खनेको र नगरपालिकाबाट आएको कुनै रकम खर्च नभएको भएपनि नगरपालिकाबाट वडा अध्यक्ष योन्जनले भुक्तानी लिई सकेका पाइएको छ ।
वडा अध्यक्ष योन्जनले सो पोखरी खन्ने क्रममा निस्केको ढुंगा अन्यनत्रै विक्रि वितरण गरी नगरपालिकाको राजश्वमा समेत हानी नोक्सानी पुर्याएका नगरपालिकाको लेखा शाखाले जनाएको छ ।वडा अध्यक्ष योन्जनले पोखरी खनेर निस्केको ढुंगा प्रति टिप रु ३ हजारमा अन्यन्त्र विक्रि गरेका भएपनि त्यसवापतको राजश्व समेत नगरपालिकामा जम्मा भएको छैन् ।
त्यस्तै हरिवन नगरपालिका आर्थिक वर्ष २०७९/०८० को बजेटबाट हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा १८ कठ्ठामा पोखरी निर्माणको लागि भन्दै दिएको रु १६ लाख रकम अनियमितता भएको भन्दै छलफल समेत गरेको र रकम खर्च विवरण सार्वजनिक गर्न वडा अध्यक्ष योन्जनलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।स्रोतका अनुसार ठेकेदार कम्पनीले हरिवन नगरपालिका २ का वडा अध्यक्ष योन्जनका विरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत गरेको छ ।
यता,सो विषयमा कमलामाई मिडिया प्रा.लि.ले वडा अध्यक्ष योन्जनलाई सोध्दा पोखरी खनिएको स्थानबाट केही ढुंगा चोरी भएको र केही ढुंगा नेपाली कांग्रेस निकटका युवाहरुले लगेका बताए। उनले कमलामाई मिडिया प्रा.लि.लाई स्थलगत अवलोकन गरेर सत्यतामा आधारित समाचार प्रकाशन गर्न आग्रह समेत गरे । साथै उपभोक्ता समिति मार्फत काम भएको र वडाले सिफारिस मात्रै गरेको वडा अध्यक्ष योन्जनले बताए ।सो कार्यमा आफ्नो कुनै संग्लग्नता नरहेको र राजनैतिक आग्रह पुर्वाग्राहका कारण आफुलाई फसाउने तयारी भएको उनको भनाई छ ।हरिवन नगरपालिका २ का वडा अध्यक्ष योन्जन नेपाली काग्रेसबाट निर्वाचित भएका हुन।तर ठेकेदार कम्पनीसंग सम्पर्क हुन सकेन् ।