यु–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

290 Shares

संयुक्त अरव इमिरेट्स (युएई) मा अयोजना हुने यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो।मङ्सिर १४ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उप कप्तानमा अर्जुन कुमाल रहेका छन् ।
अन्य खेलाडीमा आकाश त्रिपाठी,उत्तम रङ्गु थापामगर,मयन यादव,नरेन साउद,युनिस विक्रम सिंह ठकुरी,नरेन भट्ट,सन्तोष यादव,युवराज खत्री,रोशन विश्वकर्मा,विपिन कुमार महतो,राजेश यादव,दयानन्द मण्डल,अपराजित पौडेल,अभिषेक तिवारी,दिलसाद आले र रञ्जित कुमार रहेका टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचनले जानकारी दिए ।
५० ओभरको एसिया कपमा नेपालले समूह “बी”को पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ ।नेपालले दोस्रो खेल मङ्सिर १६ गते बङ्गलादेश र अन्तिम खेल मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्ने र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले बताए ।उनका अनुसार आठ टोली सहभागि प्रतियोगिताको समूह “ए”मा भारत,पाकिस्तान,जापान र युएई रहेका छन् भने,समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्ने छन्।फाइनल खेल मङ्सिर २३ गते हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

सम्बन्धित समाचार