सर्लाहीको लालबन्दी र आसपासको क्षेत्रमा शनिबार दिउँसो देखि विद्युत सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ।पूर्व पश्चिम राजमार्गको स्तरोउन्नतीका लागि लालबन्दी नवलपुर क्षेत्रमा काटिएको रुख बिजुलीको तारमा परेर क्षति पुग्दा लालबन्दी र आसपासका क्षेत्रमा शनिबार दिउँसो देखि नै विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।
वितरण केन्द्रका अनुसार नवलपुरस्थित बागवनी जंगल क्षेत्रमा पूर्व पश्चिम राजमार्गको स्तरोउन्नतीको क्रममा रुख काट्दा ११ हजार केभी लाइनको ३÷४ वटा पोलको तारमा क्षति पुगेकाले यस क्षेत्रमा बिजुली अवरुद्ध भएको हो ।
अवरुद्ध बिजुली सुचारु हुन केही समय लाग्ने वितरण केन्द्रले बताए पनि यो समाचार तयार पर्दा सम्म विद्युत सेवा सुचारु भएको छैन् ।शनिबार दिउँसो देखि नै विद्युत सेवा अवरुघ भएको भएपनि साँझ ५ बजेपछि लालबन्दी, रानिगन्ज, पत्थरकोट, नारायणखोला, परवानीपुर र घारिबथान लगायतका क्षेत्रमा विद्युत पुर्णरुपमा अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।