सिन्धुलीको भिमानबाट लागु औषध सहित दुई जना पक्राउ

192 Shares

बि.पी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जनकपुरबाट काठमान्डौ तर्फ जाँदै गरेको बाग्मती प्रदेश०१–००६ ख ६५१३ नम्बरको ईभी हायसलाई ट्राफिक प्रहरी सहितको टोलीले चेकजाँच गर्ने क्रममा उत्त हायसमा सवार महोत्तरीको मठियानी नगरपालिका ८ का अन्दाजीं ४६ बर्षीय दिप नारायण साहलाई लागु औषध व्युप्रीनोर्फीन,डाईजीपाम र प्रोमेथाजिन गरी नौ सय पिस र झापाबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ५९१५ नम्बरको कारबाट लागु औषध खैरो हिरोइन १७ दशमलव ४९० ग्राम सहित काठमाण्डौ महानगरपालिका २६ गोगंबुका अन्दाजी वर्ष १९ का डेविट थापा मगरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भिमानबाट ट्राफिक सहित खटिएको प्रहरी टोलीका साथै लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबासको टोलीले सयुक्त चेक जाँच गर्दा लागु औषध व्युप्रीनोर्फीन,डाईजीपाम र प्रोमेथाजिन गरी नौ सय पिस सहित साहलाई र लागु औषध खैरो हिरोइन १७ दशमलव ४९० ग्राम सहित थापालाई फरक फरक सवारी साधनबाट नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको लागु औषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भिमानको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कायाृलय सिन्धुलीले जनाएको छ ।पछिल्लो समय मधेश तथा पूवी नेपालबाट वि.पी.राजमार्ग हुँदै लागु औषधको ओसार पसार हुने गरेको सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाएपछि लागु औषध कारोवारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

सम्बन्धित समाचार