लालबन्दीका ९७ जनाको मोतीविन्दुको अप्रेसन

233 Shares

नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले आयोजना गरेको मोतीविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रममा ९७ जनाले लाभ लिएका छन्।सर्लाहीको लालबन्दी नगरपालिका ५ स्थित जरुवा पानीमा आयोजना गरिएको मोतीविन्दुको समस्या भएका ९७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाका सभापति ध्रुव प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार जानकी आँखा अस्पताल जनकपुरसँग प्राविधिक सहयोग लिएर सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा ९७ जनाको आँखामा देखिएको मोतीविन्दुको निःशुल्क अप्रेसन गरिएको हो । 

सम्बन्धित समाचार