एक क्विन्टल बढी गाँजा सहित २ जना र कार प्रहरीको नियन्त्रणमा

169 Shares

पुर्व–पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर स्थित जिल्ला ट्राफि कप्रहरी कार्यालय अगाडि दुई जना मानिस सहित ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।पुर्व–पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी चेकजाँचको क्रममा नवलपुरबाट लालबन्दी तर्फ आउँदै गरेको बीआर ०९ एम ३७६६ नम्वरको भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रममा उत्त कारभित्र एक क्विन्टल नौ किलो लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
कार्यालयका अनुसार कारको डिकीभित्र लुकाइ राखिएको अवस्थामा २३ वटा पोकाभित्र रहेको गाँजा सहित कारका चालक भारतको सितामढीका अन्दाजी २६ वर्षीय दीपक कुमार महतो र सोही कारमा सवार सितामढीकै अन्दाजी २५ वर्षीय अमन कुमारलाई नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिएको कार,लागु औषध गाँजा सहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर  आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार