Close This

वडा अध्यक्ष,उपभाेक्ता समितिका अध्यक्ष र नेवाकाे बद्मासी,अझै पुगेन उपभोक्ताकाे घरमा शुद्ध पिउने पानी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१८ गते   १२४३ पटक हेरिएको

सिन्धुलीको तीनपाटन गाउँपालिका १० मा शुद्ध पिउने पानी वितरण गर्न भन्दै काम गरेकाे नेपाल स्वास्थ्यका  लागि पानी (नेवा) काे बद्मासीका कारण  शुद्ध पिउने पानी पिउने आशमा रहेका तीनपाटन गाउँपालिका १० वासी चिन्तित बनेका छन् ।
२०७८ पाैषबाट काम सुरु  गरेकाे संस्थाले तीनपाटन गाउँपालिका १० मा करिब ८० घरधुरीलाई दशैँ अघि नै शुद्ध पिउने पानी खुवाउने बताए पनि संस्थाले समयमै काम नगर्दा आफ्नाे महान चाड वढा दशैँमा पनि करिब सय मिटर तल रहेकाे कुवाबाट नै पिउने पानी बाेकेर पिउन बाध्य भएका छन् ।
तीनपाटन गाउँपालिका १० का करिब ८० घरधुरीबाट प्रतिघरधुरी रु २८ हजारका दरले रकम संकलन गरेकाे संस्थाले निर्धारित समयमा स्थानिय उपभोक्ताहरुलाई शुद्ध पिउने पानी खुवाउन नसक्दा आफुहरु मारमा परेकाे कैंदले खानेपानी आयाेजना उपभोक्ता समितिका अध्यक्ष  ईच्छाराम तिमल्सेनाले बताए । उनले आफुहरुले संस्थालाई दशै अघि नै जसरी बनी शुद्ध पिउने पानी खुवाउन भनेकाे भए पनि संस्थाले आलटाल गरेपछि दशैँ अघि उपभोक्ताहरुकाे घरमा पानी पुग्न नसकेकाे हाे ।
यता, तीनपाटन गाउँपालिका १० का वडा अध्यक्ष पुण्यहरी भुजेल नेपाली कांग्रेसबाट निर्वाचित भएका र उनले उपभोक्ता समितिकाे अध्यक्षमा पनि कांग्रेसकै मान्छे छानेका कारण पनि शुद्व पिउने पानी समयमै नेपाली उपभोक्ताहरुकाे घरमा नपुगेकाे स्थानियकाे आराेप छ । विस्तृत विवरण सहित  थप फलाेअप अर्काे अंकमा 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech