प्र.चाै. मरुवाहीका असई यादवले आफ्नै जवान साहलाई गोली हाने,घटना लुकाउन भारतमा उपचार र आर्थिक प्रलाेभन

588 Shares

महाेतरीकाे प्रहरी चाैकी मरुवाहीका प्रमुख असई बच्चा यादव पक्राउ परेका छन् । छठमा घुमुवाबाट उठाइएको रकम भाग वण्डा गर्न  सिपाहीले माग गरेपछि उत्पन्न विवादलाई लिएर कार्तिक ३० गते राति सिपाहीलाई गोली हानेर घटना लुकाउन खाेजेका असई यादवलाई जिल्ला प्रहरी कार्यालय महाेतरीले पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान सुरु गरेकाे छ ।
कार्तिक ३० गतेको घटना भए पनि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय महोत्तरीले  यो घटना बिहीबार मात्रै थाहा पाएका हुन् ।कार्तिक ३० गते राति ११ बजे  प्रहरी चौकी मरुवाहीका प्रमुख असइ यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका थिए । उनले ‘बढ्ता बोलिस भने गोली हानेर मारिदिन्छु’ भन्दा सिपाहीले ‘यो कुरा म डिआइजी र एसपीलाई भनिदिन्छु’ भनेपछि असइ यादवले आक्रोसमा आएर गाेली हानदा सिपाहीकाे पाखुरामा गाेलि लागेकाे  थियाे । सिपाहीले ‘ गोली हान्न सक्ने भए हान्नू’भन्दा असइ यादवले आफ्नै पेस्तोलबाट गोली हान्दा सिपाहीले छल्दा पाखुरामा गाेली लागेको प्रहरी स्राेतकाे दावी छ।
प्रहरी जवान साहलाई पाखुरामा गोली हानेर घाइते बनाएपछि असइ यादवले घटना लुकाउन भारतको सीतामढी पुर्याएका थिए । सीतामढीमा उपचार हुँदा प्रहरी जवान साहले घरमा खबर पनि गर्न पाएनन् । उनी अलि निको भएपछि ‘यो कुरा कसैलाई नभन्नु, खर्च दिउँला’ भनेर त्रास देखाएपछि प्रहरी जवान साहले ‘कतै भन्दिनँ परिवारमा खबर गरिदिनू’ भनेपछि साहका दाइलाई असइ यादवले बोलाएका थिए । यो सबै काममा असइ यादवका भाइ जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हवल्दार राम अयोध्या यादवले दाइको अपराध लुकाउन सहयोग गरेका प्रहरी स्राेतकाे दावी छ ।
प्रहरी जवान साहका दाइ सीतामढी अस्पताल पुगेर केही पैसाको प्रलोभनमा घटना लुकाउने भनेपछि उनीहरुले सिरहाको कुनै अस्पतालमा  प्रहरी जवान साहलाई लगेका थिए भने त्यहाँबाट यो घटना बाहिरिए पछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डिआइजी जनक भट्टराई र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  प्रकाश मल्लसम्म घटना पुगेपछि असइ यादवलाई हिरासतमा राखेर कारबाही सुरु भएको जिल्ला प्रहरी कार्यालय महाेतरीकाे भनाइ छ ।
यता असइ यादवलाई कारबाहीबाट जोगाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा सहायक हवल्दार राम अयोध्या शक्तिकेन्द्र धाउन थालेका समेत पाईएकाे छ । आफ्नै प्रहरी जवानलाई त गोली हान्ने असइ यादवले जनतामा कस्तो सेवा दिए होलान् ? भन्ने प्रश्न उठ्न थालेकाे छ ।  प्रहरी सेवाकै बद्नाम गराउने काममा असइ यादव सक्रिय रहेकाले सख्त कारबाही होस् भन्ने प्रहरी अधिकारीहरु कै माग रहेकाे  छ । यस्ता घटनाका दाेषीलाई हदै सम्मकाे कार्बाही गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डिआइजी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कसैकाे दवाव र प्रभावमा पर्न नहुने  जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार