371
Shares
सर्लाहीको लालबन्दी नगरपालिका भित्रको अधुरा अपुरा फाइल अगाडि बढाउन भूमी समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीले छलफल गरेको छ।लालबन्दी नगरपालिका भित्रको अधुरा अपुरा फाइल अगाडि बढाई नागरिकहरुलाइ सहज र दिगो तरिकाले जग्गा धनी पुर्जा बितरण गर्नको लागि छलफल गरिएको भूमी समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदन वि.क.ले जानकारी दिए ।
उनका अनुसार आयोगका प्राविधिक,नापी कार्यालय हरिवनका प्रमुख,लालबन्दी नगर पालिकाका नगर प्रमुख बासुदेव अधिकारी,भूमी आयोग सर्लाहीका पदाधिकारीहरु सहित सामाजिक अगुवा र सरोकारवालाहरु विच स्थलगत अनुगमन र सहज,सरल र दिगो प्रकृयाको बिषयमा छलफल, भोग र प्रमाणको आधारमा काम अगाडि बढाउने सहमती समेत भएको छ ।