सर्लाहीका सञ्चारकर्मीहरुलाई मास्क र स्यानिटाईजर सहयोग

1.6k Shares

सर्लाहीका संचारकर्मीलाई पूर्व सांसद् नरेन्द्र साहले मास्क र स्यानिटाईजर प्रदान गर्नु भएको छ । ।कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासकाबीच पनि जिल्लामा सकृय खटिरहेका संचारकर्मीको सुरक्षाका लागि थोरै सहयोग गरिएको साहले बताउनु भयो । साहले ३०० थान सर्जिकल मास्क तथा ५ लिटर स्यानिटाईजर सहयोग गर्नु भएको हो । ‘केही दिनभित्र संचारकर्मीहरुलाई थप गुणस्तरीय मास्क उपलब्ध गराउने पनि साहले बताउनु भएको छ ।
सँधै आम नागरिकलाई सूचना पस्किने संचारकर्मीलाई अहिलेको कठिन घडीमा सुरक्षित ढंगले काम गर्न सहज होस् भनेर आफूले सहयोग गरेको साहले बताउनु भयो । साहका सहयोगिबाट हरिवनमा प्राप्त मास्क र स्यानिटाईजर सदरमुकाम मलंगवामा कार्यरत पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरलाई हस्तान्तरण गरिसकिएको र लालबन्दी, बरहथवा र बागमती लगायतका स्थानका संचारकर्मीहरुलाई पनि सम्बन्धित ठाउँमा पठाउने तयारी भईरहेको पत्रकार अचुतम सापकोटाले बताउनु भयो ।
पूर्व सांसद साहले आफ्नो निर्वाचन क्षेत्र सहित जिल्लाभर भौतिक पूर्वाधार, सामाजिक विकास लगायतमा निरन्तर सहयोग गर्दै आईरहेका छन् भने अहिले कोरोना भाईरस संक्रमणबाट बचाउनका लागि स्वास्थ्य सामग्री एवं लकडाउनका कारण अफ्ठ्यारोमा परेका गरीब विपन्न परिवारलाई खाद्यान्न समेत सहयोग गरिरहेका छन् ।

सम्बन्धित समाचार