विवादै विवादका विच प्रेस युनियन नेपाल सर्लाहीको अधिवेशन सम्पन्न

765 Shares

गणेश खड्का
नेपाली कांग्रेस निटक प्रेस युनियन नेपाल सर्लाहीको सभापतिमा पुनः कृष्णप्रसाद थपलिया चयन भएका छन् । हरिपुरमा बुधबारबाट सुरु भई बिहीबार सम्पन्न ७ औँ जिल्ला अधिवेशनले थपलियाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
प्रेस युनियन नेपाल सर्लाहीको ७ औँ जिल्ला अधिवेशनमा विवादका कारण बुधबार समिति चयन हुन नसकेपछि अधिवेशन पछिको छलफल बिहीबार पनि चलेको थियो । संस्थापन र संस्थापनइतको विवादका कारण बुधबार नै सकिने अधिवेशन बिहीबार सम्म चलेको हो ।
बिहीबार पनि निकै कठिनाईका वावजुत थपलियाको नेतृत्वमा प्रेस युनियन नेपाल सर्लाहीको ७ औँ जिल्ला अधिवेशनले १७ सदस्यी नयाँ कार्य समिति चयन गरेको छ । समितिमा क्रमसःउपाअध्यक्षमा विनोद महतो,महिला उपाध्यक्षमा सिर्जना बस्नेत,सचिवमा रामबाबु खड्का, सहसचिवमा अनिता साह र कोषाध्यक्षमा लबहरी ढुंगेल चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुदर्शन रिजाल,कुमार दाहाल,रविन्द्र ठाकुर,मोहन उप्रेती, अम्बिका बुढाथोकी(दियाली),अर्पणा मल्लिक,चाँदनी दास,मुकेश मिश्र,नवीन उप्रेती र वर्षा झा चयन भएका प्रेस युनियन नेपाल सर्लाहीले जनाएको छ ।
प्रेस युनियन नेपालका केन्द्रीय प्रतिनिधि संजय कार्कीको उपस्थितिमा हरिपुरस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाको सभा हलमा नयाँ नेतृत्व चयन गर्दै युनियनको जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

सम्बन्धित समाचार