जिल्लाका पाँच स्थानीय तहले साझेदारीमा दमकल सञ्चालन गर्ने

775 Shares

दुर्गा कुमारी अधिकारी 

सर्लाहीको हरिवन नगरपालिकासंग रहेको दमकल साझेदारीमा सञ्चालन गर्न चार स्थानीय तहले साझेदारी गरेका छन् । जिल्लाको पुर्व पश्चीम राजमार्गमा रहेका चार स्थानीय तहहरु मध्य दुई र हरिपुर तथा बरहथवा नगरपालिकाले हरिवन नगरपालिकासंग रहेको दमकल साझेदारीमा सञ्चालन गर्न सम्झौता गरेका हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिकासंग रहेको दमकल इश्वरपुर,बागमती,हरिपुर र बरहथवा नगरपालिकाले प्रति नगरपालिका प्रति वर्ष रु तीन लाख दिएर साझेदारीमा सञ्चालन गर्ने सहमती जनाएका हुन । भने पुर्व पश्चीम राजमार्ग मै रहेको लालबन्दी नगरपालिका मौन देखिएको छ ।
यसअघि हरिवन नगरपालिका एक्लैले दमकल सञ्चालन गर्नु पर्दा निकै मार परेको र अब सहज रुपमा दमकल सञ्चालनमा आउँने हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए । उनका अनुसार यस अघि दमकल हरिवन नगरपालिका एक्लैले संचालनको खर्च बेहोर्नु पर्ने तर जहाँ आगलागी हुँदा पनि आफ्नै खर्चमा पठाउनुपर्ने बाध्यता रहेको भएपनि अब त्यो बाध्यता हटेको छ ।

२० स्थानीय तह रहेको सर्लाहीमा पुर्व पश्चीम राजमार्गको हरिवन नगरपालिका र दक्षिणका स्थानीय तहहरुमा मलंगवा नगरपालिकासंग मात्र दमकल रहेको छ । सुख्खा मौसममा जताततै आगलागीका घटनाहरु हुने र हरिवन नगरपालिका एक्लैले खर्च बेहोरेर दमकल पठाउनु पर्दा निकै आर्थिक भार परेको नगरपालिकाको गुनासो थियो । भने समयमै दमकल आगलागी भएको स्थानमा नपुग्दा जनप्रतिनिधिहरुले आलोचना समेत खेप्नु परेको थियो । अब हरिवन नगरपालिका समेत गरी पाँच स्थानीय तहले साझेदारीमा दमकल सञ्चालन गर्ने भएका हुन् ।

सम्बन्धित समाचार