महिलाबाट महिला नै पीडित,न्यायिक समितिबाट न्यान पाउनुको सट्टा दुव्र्यवहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-८ गते   ७१८ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिकाकी नगर प्रमुख र नगर उप प्रमुखले नगरपाकिलामा सेवा लिन गएका महिलाहरुमाथी दुव्र्यवहार गरेका पीडितले गुनासो गरेका छन् । नगरपालिकाको न्यायिक समितिमा न्याय माग्न गएका महिलाहरुलाई नगर प्रमुख कल्पना कुमारी कटुवाल,न्यायिक समितिका संयोजनक नगर उप प्रमुख,न्यायिक समितिका कानुनी सल्लाहकार सहित विभिन्न वडाका वडा अध्यक्षहरुले महिलाहरुमाथी गाली बेइजेती र दुव्र्यवहार गरेका पीडित महिलाहरुको गुनासो छ ।


नगरपालिकाको न्यायिक समितिमा सेवा लिन गएको समयममा कार्यकक्ष मै नगर प्रमुख कटुवाल, उप प्रमुख एवम न्यायिक समितिका संयोजक सहित न्यायिक समितिका कानुनी सल्लाहकार र विभिन्न वडाका वडा अध्यक्षहरुले आफुलाई गाली बेइजेती गर्नुका साथै दुव्र्यवहार गरेका बरहथवा नगरपालिका ७ की एक सेवाग्राही महिलाले गुनासो गरिन् ।
आर्थिक लेनदेनको विषयमा विगत लामो समयदेखि छलफल चलि रहेको तर निष्कर्ष ननिस्केको विषयमा बुझ्न नगरपालिकाको न्यायिक समितिमा जाँदा नगर प्रमुख कटुवाल, उप प्रमुख एवम न्यायिक समितिका संयोजक सहित न्यायिक समितिका कानुनी सल्लाहकार र विभिन्न वडाका वडा अध्यक्षहरुले आफुलाई गाली बेइजेती गर्नुका साथै दुव्र्यवहार गरेका ती महिलाले गुनासो गरिन् ।
ठगि गर्ने दोषी उपर कार्बाहीको माग गर्दै बरहथवा नगरपालिका ७  का सुनिता साह,अनमिका मिश्र,सर्मिला बस्नेत,ममता कर्ण सहित करिब एक सय ४४ जना महिलाहरुले २०७६ असोज ७ गते नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका थिए । तर निवेदन दिएको करिब ४ वषृ पुग्नै लाग्दा पनि हाल सम्म त्यसको कुनै कार्बाही प्रक्रिया सुरु नभएपछि नगरपालिकाको न्यायिक  समितिमा न्याय माग्न पुगेका आफुहरुलाई नगर प्रमुख कटुवाल,नगर उप प्रमुख एवम न्यायिक समितिका संयोजक,नगरपालिकाको न्यायिक समितिका कानुनी सल्लाहकार सहित विभिन्न वडाका वडा अध्यक्षहरुले गालीबेइजेती तथा दुव्र्यवहार गरेका उनीहरुको भनाई छ ।
उनीहरुले बरहथवा नगरपालिका ७ स्थित बस्ने अनिता यादव विरुद्ध ठगी गर्ने दोषी झिकाई आवश्यक कार्बाही गरि पाउँ भनी निवेदन दिँदाको बखतमा हालकी नगर प्रमुख कल्पना कुमारी कटुवालको नेतृत्वमा नगरपालिकामा पुगि निवेदन दर्ता गराएको भएपनि सो विषयमा कुनै प्रतिक्रिया नआएपछि आफुहरु नगरपालिकाको न्यायिक समितिमा पुग्दा आफुहरुका समस्या सुन्नुको सट्टा उल्टै आफुहरुलाई गाली बेइजेती र दुव्र्यवहार गर्नुले नगर प्रमुख कटुवालले ठुलो आर्थिक चलखेल गरेको पीडिते महिलाहरुको आरोप छ ।
उनीहरुले स्थानीय स्तरमा महिला समुह बनाई सानो सानो रकम संकलन गरेर जम्मा गरेको करिब रु ३ करोड ५१  लाख रकम स्थानीय अनिता यादवले अनियमितता गरेकी कारण सो समस्या समाधान गर्न तत्कालीन नगर प्रमुख देवानन्द महतो नगर प्रमुख रहेको समयमा हालकी नगर प्रमुख कटुवालले आफुहरुलाई उक्साएर निवेदन दिन लगाएकी भएपनि हाल उनी आफैँ नगर प्रमुख हुँदा पीडक पक्षसंग ठुलो रकम कमिसन लिएर आफुहरुलाई न्यान नदिने चेष्टा गरेकी प्रष्ट हुने पीडित महिलाहरुको आरोप छ ।
आफुहरुले अनितासंग गरेको कारोवारको सबै फेयरिस्त हरहिसाब सहित निवेदन दिएको भए पनि नगर प्रमुख कटुवाल र नगरपालिकाको न्यायिक समितिले आफुहरुलाई न्याय नदिन खोजेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।
पहिला नगरपालिकामा निवेदन दिएको र सो निवेदन जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पठाइएको फेरी त्यहाँबाट नगरपालिकामा नै छलफल गर्नु गराउनु भनी पठाएको नगरपालिकाले उद्योग बाणिज्य संघ बरहथवामा पठाएको र त्यहाँबाट पनि फेरी सो निवेदन नगरपालिकामा नै फिर्ता गरिएको थियो । १२ जनाको कार्यलदल समेत बनेर हरहिसाब निकाली सकेको भएपनि नगरपालिकाको न्यायिक समितिले छलफलको माध्यामबाट समस्या समाधान गर्न तर्फ ध्यान नदिएको पीडित महिलाहरुको गुनासो छ ।
नगरपालिकाको न्यायिक समितिले आफुहरुको विषयमा छलफल गराई समस्या समाधान गर्नुको सट्टा उल्टै आफुहरुलाई गाली बेइजेती र दुव्र्यवहार गरेपछि आफुहरुले न्याय नपाउने सम्भावना बढेको निवेदन दिएका महिलाहरुको गुनासो छ ।“नगर प्रमुख महलिा आउनु भयो,अब हाम्रो विषयमा छलफल हुन्छ र समस्या समाधान हुन्छ भन्ने आश गरेका थियौँ,तर त्यस्को उल्टो भयो ।”पीडित महिलाहरुको भनाई छ ।
अनीताले गाउँ समाजको हिसाब किताब सम्बन्धी समस्या समाधान नगरेपछि पीडित बनेका ३÷४ जनाले ज्यान समेत गुमाएका निवेदन दिने महिलाहरुको भनाई छ । तर नगरपालिकाले पीडिक अनितासंग ठुलो रकम कमिसन खाएका कारण आफुहरुको समस्यालाई छलफलमा समेत नलगेको पीडित महिलाहरुको भनाई छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech