Close This

सर्लाही अहिले सम्म कोरोनाबाट सुरक्षित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-६ गते   ३३४ पटक हेरिएको

सर्लाहीमा पनि एकजनामा देखिएको कोरोना भाइरसको पोजेटिभ रिपोर्ट टेष्ट गर्दा निगेटिभ रिपोर्ट आएको  छ सर्लाहीका क्वारेन्टाइनमा राखिएका ६५ जनार्को  यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि)गर्दा एकजना बालकमा आरडिटि पोजेटिभ देखिएको तर उक्त बालकको थप परिक्षण अर्थात पिसिआर टेष्टका लागि प्रादेशिक अस्पताल जनकपुर लगेर जाँच गर्दा रिपोर्ट निगेटिभ आएको धनकौल गाउपालिकाका स्वास्थ्य संयोजक अरूण महतोले बताउनु भयो ।
सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने धनकौल गाउँपालिकाको एक माविको  क्वारेन्टाइनमा रहेका १४ वर्षिय बालकको  शुक्रवार साँर्झ यापिड डाइग्नोष्टिक टेष्ट  गर्दा रिपोर्ट  पोजेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयोे  ।  उनको आडिटि टेष्ट पोजेटिभ देखिएकोमा  पछि पिसिआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ देखिएकोले निजमा कोरोना भाईरसको संक्रमण नरहेको पाईएको हो । समाजिक दुरि बनाइ आ आफ्नो घरमै बसी कोरोना भाईरस संक्रमण रोकथामको कार्यमा सहयोग गरिदिन स्वास्थ्य संयोजक महतोले आग्रह गर्नु भयो । बालकसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिर्को यापीड टेष्ट गर्दा नेगेटिभ देखिएपनि उनलाई पनि जनकपुर पठाइएको थियो ।
ती बालक गएको चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीले  पाएपछि ती बालकलाई  घर नपुग्दै क्वारेन्टाइनमा लगेर राखेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech