Close This

बीमा कम्पनीका ऋणीले ब्याजदरमा १५ प्रतिशत छुट पाउने

पत्र पत्रिका    प्रकाशित: २०७७-२-७ गते   ३३० पटक हेरिएको

बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् ।बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ब्याजदर नै २ प्रतिशत छुट दिन भनेको छ भने चैतमा तिर्ने ऋणको किस्ता तथा ब्याज असार मसान्तमा तिरे पनि हुने व्यवस्था गरेको छ ।बैंकमा चैतमा तिर्नु पर्ने ऋण चैतमै तिरेको अवस्थामा भने १० प्रतिशत छुट हुनेछ ।

बीमा समितिले भने लकडाउन सकिएको एक महिनाभित्रमा ऋण तिर्दा ब्याजको १५ प्रतिशत छुट दिने भएको हो । यो तत्कालै कार्यान्यनमा जाने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले बिमितहरुलाई ऋण दिने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech