पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको बागमती नगरपालिका–१२ कर्मैया चेकपोष्टबाट भदौ १० गते बुधबार राती नियन्त्रणमा लिएको मद्यिरा सहितको कार र मानिसहरु अन्तत सर्लाही प्रहरीले सार्वजनिक गरेको छ ।पश्चीमबाट पुर्वतर्फ आउँदै गरेको डिएल २ सीएपी ०४१८ नम्बरको कारलाई अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैयाले नियमित चेकजाँच गर्ने क्रममा रोकेर र आवश्यक कागजात चेकजाँच गर्दा शंका लागेपछि ईलाका प्रहरी कार्यालय कर्मैयालाई बुझाईएकोमा प्रहरीले नियन्त्रणमा लिएको मालवस्तु सार्वजनिक नगरेर शंकास्पद गतिविधि गरेको भन्दै कमलामाई मिडिया प्रा.लिले समाचार प्रकाशन गरेको थियो ।
त्यसपछि डिएल २ सीएपी ०४१८ नम्बरको कार,कारका चालक भारतको जिल्ला सीतामाढि हरनैया पचायत–३ का अन्दाजी वर्ष ३३ का दिपक कुमार,बेतिया जिल्ला हतिया पचायत–८ का वर्ष ३६ का अल्बु यादव,लैरीया पचायत– ६ का वर्ष ३० का कुष्णा भगत र लैरीया पचायत–४ का वर्ष २० का आलोक कुमार सहित एक सय ४८ बोतल विभिन्न ब्राण्डको मद्यिरा जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको हो ।
रेड बेल ५० बोतल,रोयल स्टेज २४ बोतल, एमसी डोयल्स ठूलो ३५ बोतलका साथै एमसी डोयल्स सानो ३९ बोतल गरी एक सय ४८ बोतल मद्यिरा अन्दाजी रु १३ लाख ५५ हजार बराबरको रहेको कार्यालयले जनाएको छ ।भदौ १० गते बुधबार राती करिब १० बजे बरामद् भएको उक्त मद्यिरा तीन/चार दिनपछि सार्वजनिक गरीनु आफैँमा शंकास्पद रहेको र रेड बेल ६५ बोतल नियन्त्रणमा लिइएकोमा १५ वटा रेड लेवल हराउनुले प्रहरीको गतिविधि निकै शंकास्पद रहेको स्थानीय बताउँछन् ।