Close This

हरिहरपुरगढी गाउँपालिकामा मंगलकारदेखि जोर बिजोर प्रणालीबाट कक्षा सन्चालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-८ गते   ७२ पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले  जोर बिजोर प्रणालीबाट कक्षा सन्चालन शुरु गरेको छ । हरिहरपुरगढी गाउँपालिका ४ को मा.बि.महेन्द्रझ्याडीमा मंगलबारदेखि जोर बिजोर प्रणालीबाट कक्षा सन्चालन शुरु गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिका,गाउँ कार्यपालिकाको भदौ १ गतेको पत्र र विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, शिक्षक,शिक्षीका र स्थानीय बुद्धिजिविहरु बीचको सोमबारको बैठकले मंगलबारदेखि  जोर विजोर प्राणलीमा कक्षा सन्चालन गर्ने निर्णय गरेकोथियो ।
कोरोना भाईरस(कोभीड –१९) का कारण लामो समयदेखि रोकिएको पठनपाठन मंगलबारदेखि जोर बिजोर प्रणालीबाट विद्यालयमै भौतिक उपस्थितमा कक्षा संचालन शुरु गरिएको हो । गाउँपालिकाको निर्णय अनुसार आइतबार,मंगलबार र बिहिवार कक्षा १, ३, ५, ७ ,९ र ११ को र सोमबार,बुधबार र शुक्रबार कक्षा २, ४, ६, ८, १० र १२ का विद्यार्थीहरु पठनपाठनमा सहभागी हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष झलक कुमार माझीले जानकारी दिनु भयो ।  उहाँका अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको  पालना गरि पठनपाठनमा सहभागी हुन सबै बिद्यार्थीहरुलाई  अनुरोध गरिएको  छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech