मिटरब्याज सम्वन्धी उजुरी लिन ठाउँठाउँमा कार्यालय खोलिएको प्रति जिल्ला प्रशासन कार्यालय सर्लाहीको ध्यानाकर्षण

463 Shares

अनुचित लेनदेन अर्थात मिटरब्याज सम्वन्धी उजुरी निवेदन लिन जिल्लाका विभिन्न ठाउँठाउँमा कार्यालय खोली तथा व्यक्तिगत तबरबाट समेत निवेदन लिने काम भइरहेको प्रति जिल्ला प्रशासन कार्यालय सर्लाहीले आपत्ति जनाएको छ ।उजुरीकर्तालाई प्रभाव तथा प्रलोभनमा पारेर अनुचित लेनदेन समेत भइरहेको भन्ने गुनासो आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले आपत्ति जनाउँदै एक सूचना समेत जारी गरेको छ ।त्यस्ता कार्य कानूनी रुपमा अवैध र दण्डनीय हुने भएकाले त्यस्तो कार्य गर्ने/गराउने गरेको पाइएमा सो को सूचना जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन र त्यसतर्फ सचेत एवम सजग रहन सूचनामा भनिएको छ ।
यस्तो कानून विपरीत कार्यमा संलग्न संस्था तथा व्यक्तिलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले चेतावनी समेत दिएको छ।यसअघि जिल्ला जिल्ला प्रशासन कार्यालयहरुले हेर्ने मिटर ब्याजसम्वन्धि उजुरी पछिल्लो समय जिल्ला प्रहरी कार्यालयहरुमा सारिएको थियो ।
अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगको पछिल्लो निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयबाट पुनः निवेदन दर्ता गर्ने कार्य सम्पन्न भई उक्त निवेदन अनलाईनमा दर्ता गरी रहेको र अनलाईनमा दर्ता भएपश्चात अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोग तथा नेपाल सरकारको निर्देशन बमोजिम थप काम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको सूचनामा उल्लेखगरिएको छ ।

सम्बन्धित समाचार