सर्लाहीको गोडैता नगरपालिका ६ बगदहमा बाटोको विषयमा विवाद हुँदा एक महिलाको मृत्यु भएको छ। बाटोको विषयमा सृजना भएको विवाद कुटपिटमा परिणत हुँदा अन्दाजी ६८ वर्षीया राम दुलारी रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार मंगलबार बेलुका भएको झगडामा स्थानीय अन्दाजी वर्ष २७ का राम अधिन रायले सासू राम दुलारी र उनकी बुहारीमाथि कुटपिट गरेका थिए।गम्भीर घाइते भएकी राम दुलारीलाई उपचारका लागि लगिएको थियो।तर उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएकी बुहारीको भने हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। घटनाको मूल कारण बाटोसम्बन्धी विवाद रहेको स्थानीयले बताएका छन् ।घटनापछि राम अधिनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।