जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको प्रमुखको जिम्मेवारी प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले औपचारिक रूपमा सम्हालेका छन्।नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ६५९६ को १५ गतेको पत्र आदेशानुसार प्रहरी उपरिक्षक खड्का जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएका हुन ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा प्रहरी उपरिक्षक खड्काको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सारेज राई लगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका छन्।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहको सरुवा भएपछि उनकै स्थानमा प्रहरी उपरिक्षक खड्का आएका हुन्।१३ महिने कार्यकाल पूरा गरी प्रहरी उपरिक्षक सिंह केहीदिन पहिला त्यहाँबाट रवाना भएका थिए।