सर्लाही वन प्राविधिक समाज नेपालकाे दाेस्राे अधिवेशन एवम चाैथाे साधारण सभा तथा तिहार एवम छठ पर्वकाे शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । सर्लाही वन प्राविधिक समाजका अध्यक्ष एवम वन अधिकृत सजन चाैधरीकाे अध्यक्षता एवम डिभिजन वन कार्यालय ईलामका डिभिजनल वन अधिकृत विरेन्द्र कुमार साहकाे प्रमुख आतिथ्यतामा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको सभा हलमा कार्यक्रम सम्पन्न भएको हाे ।

नेपाल वन प्राविधिक संघ मधेश प्रदेश समितिका सचिव अनिल कुमार महताे,डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत सागर बस्याल र सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पाेखरेल लगायतकाे विशेष उपस्थितिमा भएको कार्यक्रममा समाजले गरेका गतिविधिहरुकाे चर्चा गरिएको समाजका अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष तथा सहायक वन अधिकृत चाैधरीले जानकारी दिए ।

विगत तीन वर्ष अघि गठन भएको समाजले आफ्नाे साधारण सभामा हाल सम्मकाे आर्थिक तथा वित्तीय विवरण समेत प्रस्तुत गरेकाे थियाे ।अधिवेशन एवम साधारणले नयाँ कार्य समिति चयन गर्ने आयाेजकले जनाएको छ ।