Close This

चालु आवको सात महिनामा लालबन्दी नगरपालिकाको रु २८ करोड खर्च

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२० गते   १६३ पटक हेरिएको

गणेश खड्का

हीको लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा करिब रु २८ करोड खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा नगरपालिकाले कुल बजेटको २४ प्रतिशत अर्थात रु २८ करोड खर्च गरेको हो ।
नगरपालिकाले रु १ अर्ब १६ करोड ७८ लाख ८५ हजार चालु आर्थिक वर्षको जम्मा विनियोजित बजेटमध्ये दोस्रो चौमासिक सम्ममा रु २८ करोड बजेट खर्च गरेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।
उनका अनुसार  शिक्षा,स्वास्थ्य,कृषि,सडक निर्माण तथा समाजिक सुधार लगायतका ३७ वटा शिर्षकहरुमा काम गर्दा चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा करिब रु २८ करोड खर्च भएको हो ।
माघ मसान्तसम्मको आय/व्यय विवरण अनुसार कुल वार्षिक बजेटको चालु खर्चको ३५ दशमलव ४३ प्रतिशत खर्च भएको नगरपालिकाकाले जनाएको छ । हालसम्मको पुजीगत खर्च १० दशमलव ४२ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ।
हाल सम्मको आम्दानी आन्तरिक स्रोतबाट ५७ दशमलव ९ प्रतिशत खर्च भएको लालबन्दी नगरपालिकाका नगर प्रमखु बासुदेव अधिकारीले बताए । सबै स्थानीय तह भन्दा ठूलो भुभाग रहेको लालबन्दीमा १७ वटा वडाहरु रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech