Close This

किशोरीको हत्या अभियोगमा २ जना पक्राउ, स्थानीयद्धारा पुर्व पश्चीम लोकमार्ग अवरुद्ध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२ गते   ३२६४ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका १७ मा एक किशोरीको बलात्कारपछि हत्या भएको विषयलाई लिएर स्थानियबासीलेपुर्व पश्चीम लोकमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका १७ मा रानीगञ्जकी एक किशोरीको बलात्कारपछि हत्या भएको ४ दिनपछि शव फेला परेको र घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले २ जनालाई निइनत्रणमा लिएको थियो ।
 साउन ३१ गते साँझ घरबाट बाहिरिएकी लालबन्दी नगरपालिका १७ का राजन भुजेलकी १४ वर्षकी छोरी प्रियंका भुजेलको शव पूर्वपश्चिम लोकमार्गको कालीन्जोर पुल नजिक जंगलमा स्थानियले फेला पारेर प्रहरीलाई जानकारी गराएपछि प्रहरीले  स्थानिय २ जना युवाहरु अनिश दाहाल र कृष्ण साहलाई अनुसन्धानका लागि भन्दै ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ ।
फौदसिंह माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत ती किशोरी त्यहीँको एक फर्निचर उद्योगमा काम गर्ने युवकसँग घरबाट बाहिरिएकी स्थानियले बताएका छन् । घरबाट बाहिरएको दिन युवती घर नफर्किएपछि युवतीका आफ्न्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीलाई जानकारी गराएको ४ दिन वितिसक्दा पनि युवतीकोखोजी कार्यमा प्रहरीले चासो नदेखाए पछि स्थानिय आफैँले युवतीको खोजतलास शुरु गरेका थिए । पछि युवतीका आफन्तहरुले नै युवतीलाई हत्यागरि गाडिएको अवस्थामा फेलापारेपछि प्रहरीलाई जानकारी गराएका र प्रहरीले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका ती युवाहरुले किशोरीको शव गाडिएको ठाउँ देखाएका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएको प्रहरीले जनाएको छ । भने युवतीका आफ्न्त तथा स्थानियले प्रहरीको मौनताका कारण आफ्ना छोरीचेलीहरु गाउँमा असुरक्षित रहेका बताएका छन् । गाउँ नजिकै प्रहरी छ हामी सुरक्षित छौँ भन्ने महसुस र्न गर्न नपाएको भन्दै स्थानियले प्रहरी प्रशासनको  विरुद्धमा नाराबाजी गर्दै टायर वालेर पुर्व पश्चीम लोकमार्ग अवरुद्ध पारेका छन् । बुधबार दिउँसो १२ बजेदेखि स्थानियले हत्यारालार्ई फाँसि दे,प्रहरी प्रशासन मुर्दावाद,दोषीलाई कार्बाही गर भन्दै नारा जुलुस सहित लोकमार्ग अवरुद्ध पारेका छन् । युवतीको हत्याको कारण खुल्न नसकेको र पक्राउ गरिएका दुवै युवाहरुमाथी छानविन जारी रहेको प्रहरीले जनाएको छ । तर स्थानियले बलात्कार पछि हत्या गरिएको आरोप लगाएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech