Close This

कालापानी क्षेत्रमा निर्माणाधिन सडकको काम रोक्नु पर्छ ः सांसद पहाडी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२९ गते   १२९४ पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य एबम सिन्धुली जिल्ला क्षेत्र नम्बर १प्रतिनिधि सभा सदस्य गणेश कुमार पहाडीले भारतले अतिक्रमण गरेर निर्माण गरिरहेको सडक निर्माणमा रोक लाउन आग्रह गर्नु भएको छ । प्रतिनिधि सभाको शुन्य समयमा बोल्नु हुदै सांसद पहाडीले यस्तो आग्रह गर्नुभएको हो ।

 ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पुर्ण भू–भाग नेपालको रहेको कुरा ऐतिहासिक तथ्य र प्रमाणले प्रमाणित गरि सकेको सांसद पहाडीले बताउनु भयो  ।’ सन् १८१६ को सुगौली सन्धिले स्पस्ट गरेको लिपियाधुराबाट निस्कने महाकाली नदी भएकोले सो पुर्वको ४७२ किलोमिटर नेपाली भू–भाग भारतले अतिक्रमण गरि आफ्नो राजनैतिक र प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भू–भाग फिर्ता लिइ नेपालको राजनीतिक र प्रशासनिक उपस्थिती कायम गराउनको लागि उहाँले आग्रह गर्नुभएको हो ।
उहाँले भारत सरकारसंग तत्काल बार्ता गरि कालापानी क्षेत्रमा निर्माणाधिन सडकको काम रोक्नको लागि सभामुख अग्नी प्रसाद सापकोटा मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराउनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech