Close This

प्रहरी नायव उपरिक्षक कुँवर रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषीत,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-६ गते   ५३ पटक हेरिएको

ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक(डीएसपी) मदन कुँवर असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषणा हुनु भएको छ । असोज महिनाको सार्वजनिक तथ्यांकमा  रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरीमा प्रहरी नायव उपरिक्षक कुँवर  घोषित हुनु भएको हो । 
प्रहरी नायव उपरिक्षक कुँवरसहित तीन जना प्रहरी प्रमुखहरुलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो ।
पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा सिमा प्रहरी चौकी कदमहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमला बिक रहेका छन् । 
उनिहरुले आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम प्रशंसनीय ढंगबाट सम्पादन गर्दै फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनिहरुलाई पुरस्कृत गरिएको प्रहरी उपरिक्षक केसीले जानकारी दिनु भयो ।
प्रहरी नायव उपरिक्षक कुँवर यस अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता हुँदा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक एवम प्रशंसनीय ढंगबाट सम्पादन गर्नु भएको थियो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको प्रहरी उपरिक्षक केसीले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech