सर्लाहीमा कांग्रेसको पालिका स्तरीय समितिले उम्मेद्वारको नाम सिफारिस गर्न नमिल्ने सभापति सिंहको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२८ गते   ३०७ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीमा पालिका स्तरीय संयन्त्र नभएकाले नगर वा गाउँपालिका समितिले उम्मेद्वारहरुको सिफारिस गर्न नमिल्ने भएको छ । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले सर्लाहीमा पालिका स्तरीय संयन्त्र नभएकाले नगर वा गाउँपालिका समितिले उम्मेद्वारहरुको सिफारिस गर्न नमिल्ने बताउनु भएको हो ।
उहाँले सर्लाहीमा पालिका स्तरीय नगर वा गाउँपालिका समितीको अधिवेशन नभएकाले पूरानो समितिले उम्मेद्वारहरुको नाम सिफारिस गर्न नमिल्ने बताउनु भयो । वडा समितिले प्रदेश कार्यसमिति तथा प्रदेशले क्षेत्रीय कार्यसमिति समक्ष र क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिलाई बैठकको निर्णयको प्रतिलिपी सहित समितिको लेटरप्याडमा लेखेर उम्मेद्वारहरुको नाम सिफारिस गर्नुपर्ने प्रावधान रहेको सभापति सिंहले बताउनु भयो ।
कबिलासी नगर समितिले आईतबार कबिलासी नगरपालिकामा  नगर प्रमुखका लागि ८ जना र उप प्रमुखका लागि ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । कबिलासी नगर समितिका सभापति राजकुमार साहको अध्यक्षता बसेको बैठकमा नगरका १० वटै वडाका वडा सभापतिहरुको उपस्थितीमा भएको बैठकले नगर प्रमुख र उप प्रमुखको नाम सिफारिस गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech