बागमतीको आन्तरीक आयस्रोत र रोजगारीको मेरुदण्ड १ सय २१ विघाको भरत ताल

https://www.youtube.com/watch?v=KrYi_On0f78

एसपि गौरव    प्रकाशित: २०८०-४-२३ गते   १६०३ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले नगर गौरबको आयोजनाको रुपमा दिगो विकास र समृद्धिको मेरुदण्ड मान्दै निर्माण सुरु गरेको बागमती माछा पोखरी(भरत ताल) निमार्ण तिब्रगतिमा भई रहेको छ । सुरुमा भरत तालको सम्पुर्ण डिजाईन तयार गरेर पर्खाल लगाउने र सफागर्ने कार्य सम्पन्न भएको थियो भने अहिले ताmको आधा भागमा पानी भरेर ढुङ्गा सञ्चालन समेत भई रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । 
उनका अनुसार आधा भुभागको निर्माणको काम करिब सकिएको र सो क्षेत्रमा सौदर्यकरणको काम पनि भएकोे छ । दिर्धकालिन रुपमा नगरको आयश्रोत र स्थानीयलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ तालको निर्माण सुरु गरिएको र अहिले तालको आधा भागको निर्माणको काम करिब सकिएको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिईन् ।
बागमती नगरपालिका ४ र १२ स्थित बागमतीको किनार बुडि बागमतीको नदि उकास खेर गएको बगर जमिनमा ताल निर्माणाधिन अवस्थामा रहेको छ । दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित ताल मधेश प्रदेशको मात्र नभई नेपाल कै नमुना र आन्तरीक तथा बाह्य पर्यटकहरुको केन्द्र समेत बनि सकेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम श्रेष्ठले बताए ।
उनका अनुसार १ सय २१ बिगाह क्षेत्रफलमा फैलिएको बागमती माछा पोखरी(भरत ताल) निर्माण कै चरणमा सो नजिकका बस्तीहरुमा रहेका चापाकलहरुमा पानीको स्रोत समेत बनेको छ । 
पुर्व पश्चिम लोकमार्गबाट करिब ३ किलोमिटरको दुरीमा रहेको भरत ताल अन्य गन्तव्यमा हिडेका पर्यटकका लागि समेत विश्राम स्थलको रुपमा विकास हुन थालि सकेको उनको भनाई छ ।
पोखरीमा माछा पालनसँगै मुख्य रुपमा आन्तरीक तथा बाह्य पर्यटकहरु भित्र्याउने,नगरको आन्तरीक आय स्रोतको दिर्घकालीन सम्भावना रहेको र स्थानीयलाइृ रोजगारी सृजना गर्ने प्लेट फर्मको रुपमा विकास हुन थालि सकेको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले बताए ।उनका अनुसार तालको विचमा रिसोर्ट निमाृणधिन अवस्थामा रहेको र भने तालको वरिपरि विभिन्न किसिमका व्यापार व्यावसायहरु सञ्चालनमा आएका छन् । तालमा हाल ढुंङ्गा सञ्चालन भई रहेको छ भने नेपाल प्रहर ितथा शसस्त्र प्रहरीहरुले विपद् पुर्व तयारी अभ्यास समेत गराउने गरेका छन् ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech