जनताको पक्षमा आवाज उठाउने नेपाल कम्युनिष्ट पार्टी मात्रै हो : महासचिव विप्लव

528 Shares

कुनै बेला बम–बारुदसंग खेल्ने नेत्र विक्रम चन्द(विप्लव) अहिले कृषि क्रान्तीमा लागेका छन् ।देशभरमा करिब दुई सय बिघा भन्दा बढी क्षेत्रफलमा विभिन्न कृषि उपज उत्पादन गरेर भाटभटेनीलाई बिक्रि गरि चर्चा कमाएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेता उत्पादनमा नलागे भ्रष्ट हुने निष्कर्ष निकाल्दै उत्पादनसंग जोडेर अगाडि बढ्ने अठोटका साथ आफने पार्टीका सबै तह र तप्काका नेता कार्यकर्ताहरुलाई उत्पादन लाग्न आग्रह गरेका छन् ।

WhatsApp Image 2025-08-08 at 8.22.39 PM (1).jpeg
नेपाल कम्युनिष्ट पार्टी मधेश प्रदेशको आयोजनामा महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित हाथिलेडमा रहेको उत्पादन केन्द्रमा आयोजना गरिएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आएका नेपाल कम्युनिष्ट पार्टी महासचिव विप्लवले अहिलेको अरु दलहरुले जनताको नामबाट राजनीति गर्ने र जनतालाई नै दुख दिने तथा सताउने काम गरी रहेका, जनताका समस्या र आशा छाडेर स्वार्थको बाटोमा लागे तर जनताका आधारभूत समस्याहरु ज्युँका त्युँ रहेको अवस्थामा आफुले पार्टी स्थापना गरी पिछडिएको वर्ग,समुदाय,जातजातिहरुको समस्यामा बोल्ने काम गरि रहेको समेत बताए ।उनले सबै दलका नेताहरु काठमाण्डौँ पुगेपछि विग्रने गरेका र माओवादी पनि चन्दा उठाएर खाएर विग्रेको बताउँदै नेता र जनता विचको दुरी टाढा हुनु नहुने र त्यो दुरीलाई जोडि राख्न उत्पादनले महत्वपुर्ण भूमिका खेल्ने समेत बताए ।

WhatsApp Image 2025-08-08 at 8.22.39 PM.jpegतत्कालनि नेकपा(माओवादी र पुष्प कमल दाहाल(प्रचण्ड)को नेतृत्वबाट जनताका समस्या समाधान नहुने अवस्था देखेपछि आफुहरुले बिद्रोह गरेको र राज्यले जनताको नेतृत्व गलत तरिकाले गरि राखे त्यसका विरुद्ध संघर्ष निरन्तर रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बताए ।
प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले “समस्यामा परेका जनता कुनै दलमा आस्था राखेका कारण काखा पाखा नगर्न,अरु पार्टी हुने खानेहरु तर्फ ढल्केका कारण मधेशका जनता समस्या मै परि रहेका र जनताको अधिकार स्थापीत गर्ने योजना सहित काम गर्न”नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।उनले नेता र जनता भनेको साथी जस्तो हुनुपर्छ ।मालिक र मजदुर,राजा र रैतीको जस्तो हुनु हुन्न भन्नेमा आफ्नो पार्टी एकमत रहेको बताउँदै नेताले अब असम्भव कुरा गर्न र स्वार्थ राख्नु नहुने समेत बताए ।

WhatsApp Image 2025-08-08 at 8.22.40 PM (1).jpeg
त्यसैगरी, वर्तमान नेकपा(एमाले) र नेपाली कांग्रेसको गठबन्धनको सरकारले नेपाल कम्युनिष्ट पार्टीसंग गरेको तीन बुँदे सम्झौता पालना नगरेको र यसबाट ठुलो मूल्य चुकाउन पर्ने समेत चेतावनी दिए ।मधेश प्रदेशका आठै जिल्लाका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले निराश भएका जनतामा फेरी आशा,भरोसा र सम्भावना जगाउने काम नेपाल कम्युनिष्ट पार्टीले गरेको समेत बताए ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम मधेश प्रदेशका ईन्चार्ज अनिल शर्मा(बिरही)को अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा बर्दिवासमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी मधेश प्रदेश कार्यालय सचिव पवन महतोले जानकारी दिए।उनका अनुसार मधेश प्रदेशका सबै जिल्लाका ईन्चार्ज,सेक्रेटरीहरुका साथै विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।
उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल कम्युनिष्ट पार्टी 
नेपाल कम्युनिस्ट पार्टीले यतिखेर देशभरका विभिन्न स्थानमा कृषि उत्पादन गतिविधि गरिरहेको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव स्वयं बाली भित्र्याउने र लगाउने काममा खटिएका छन् । “खासगरी बाली भित्र्याउने र लगाउने समयमा महासचिव विप्लव आफैँ बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्मै खटिने गरेका छन्।हिमाल,पहाड र तराईमा गरी करिब दुई सय बिघा जग्गा भाडामा लिई विभिन्न खेती गरिरहेको छ।पहाडी भेगमा फलफूल र तरकारी खेतीलाई प्राथमिकतामा राखिएको छ भने तराई भेगमा धान र गहुँ खेतीलाई प्राथमिकता दिइएको छ ।” नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिलले बताए ।
उनका अनुसार,मधेश प्रदेशको बर्दिवास,धनुषा सहित कपिलवस्तु, चितवन,सुनसरी,रूपन्देही, नवलपुर, नवलपरासी, अर्घाखाँची, मकवानपुर,बाँके,बर्दिया,कैलाली,काठमाडौँ,ललितपुर,काभ्रे,सिन्धुली, रामेछाप,कास्की,जुम्ला र सुर्खेत लगायतका जिल्लामा धान,गहुँ,तरकारी तथा फलफूल लगायत खेती भइरहेको छ ।
२०७९ मा सम्पन्न नवौँ महाधिवेशनले क्रान्ति र उत्पादनलाई सँगै लैजाने नीति अनुमोदन गरेपछि उत्पादन र क्रान्तिलाई जोड्ने नीतिलाई प्रयोगमा लगिँदै गरेको पोलिट ब्युरो सदस्य लक्ष्मण पौडेलले बताए ।सबै जिल्लामा केही न केही उत्पादन कार्य सुरु भएका छन्।सुरुमा नेताहरूबाट सुरु गरिएको कृषि उत्पादन गतिविधि यतिबेला जिल्ला,जनवर्गीय संगठन हुँदै विभागसम्म पुगेको छ। 
नेपालमा सामन्तवादको अन्त्य भए पनि दलाल पुँजीवादको अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव बताउँछन्।“राजनीति क्रान्तिबाट २०६२÷०६३ मा सामन्तवाद अन्त्य ग¥यौँ,तर आर्थिक क्रान्ति गर्न सकेनौँ।दलाल पुँजीवादी अर्थ–व्यवस्था समाप्त गर्न स्वाधीन आत्मनिर्भर अर्थतन्त्र आवश्यक छ।त्यसका लागि कृषक,मजदुर, श्रमिक र उत्पीडित वर्गको राज्यसत्ता हुन जरुरी छ ।” नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बताए ।“सर्वहारा वर्गको सत्ता स्थापना गर्नका लागि हामीले एकीकृत जनक्रान्ति गरेका हौँ।क्रान्ति र उत्पादनलाई सँगै लैजाने नीति अनुसार जनतासँग प्रत्यक्ष जोडिन पार्टीले उत्पादन नीति ल्याएको हो ।”उनले बताए ।
नेकपा माओवादीबाट २०६९ मा अलग भएर विप्लव मोहन वैद्य(किरण) समूहमा लागेका थिए ।वैद्यबाट क्रान्ति हुने सम्भावना नदेखेपछि उनले २०७३ मंसिर ८ गते आफ्नै नेतृत्वमा (नेकपा) पार्टी पुनर्गठन गरेका हुन्।एकीकृत जनक्रान्तिको कार्यदिशा अँगालेको नेकपालाई २०७५ फागुनमा तत्कालीन सरकारले प्रतिबन्ध लगायो र पार्टी पूर्ण भूमिगत भयो । भूमिगत कालमा पार्टीलाई आत्मनिर्भर बनाउन र जनतासँग जोडिनका लागि उत्पादन नीति लिएको पार्टीका नेताहरु बताउँछन् ।

सम्बन्धित समाचार