Close This

१८६ किलो गाँजा र ट्रक सहित दुई जना रौतहटबाट पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२६ गते   ३० पटक हेरिएको

रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित गौर–चपुर सडकखण्डबाट प्रहरीले १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–४ गढवा टोलस्थित गौर–चपुर सडकखण्डको शिवाङ्गी पेट्रोल पम्प अगाडि रोकी राखेको ना ६ ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 शिवाङ्गी पेट्रोल पम्प अगाडि रोकी राखेको ना ६ ख ५९४३ नम्बरको ट्रकको च्याचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरिएको १२ पोका १ सय ८६ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो ।
ट्रकका चालक मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech