Close This

ईश्वरपुर–१ चौलिखामा स्थानीयद्धारा बाटो निर्माण कार्यमा अवरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१९ गते   १९९ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका १ चौलिखाका स्थानियबासीले बाटो निर्माण कार्यमा अवरोध सृजना गरेका छन् । बाटो कालो पत्रे गर्नु पर्ने काम लामो समय देखि ठेकेदारको लार्पबाहीका कारण रोकिएको भन्दै आक्रोसित बनेका स्थानियले बाटो निर्माण कार्यमा अवरोध सृजना गरेका हुन ।
निर्धारित समयमा बाटो कालोपत्रे नगरिदाँ आफुहरु धुलोले आजित भएको भन्दै आक्रोसित बनेका स्थानियबासीले बाटो निर्माण कार्यमा अवरोध गरेका हुन । चौलिखाको नयाँ टोलमा सवारी साधन चाप बढ्दै गएको र उक्त बाटो छेउछाउमा पर्ने घरबस्तीलाई धुलोले हैरान पारेको भन्दै आफुहरुले समयमै बाटो कालेपत्रे गर्न ध्यानाकर्षण स्वरुप बाटो निर्माण् कार्यमा अवरोध गरेको एक स्थानियले बताएका छन् ।
बाटो कालेपत्रे नहुँदा कच्ची सडकको धुलोले गर्दा लुगाफाटो धोएर सुकाउनै नहुने र स्थानीय बासिलाइ स्वास्थ्यमा असर गरिरहेको गुनासो आफुहरुले पटक पटक वडा कार्यालयमा गर्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर बाटो निर्माण कार्यमा अवरोध गर्नु परेको स्थानियबासीको भनाई छ । कामको ठेक्का पाएको कम्पनी र जनप्रतिनिधिको मिलोमतोमा कालोपत्रेको काममा ढिलाइ भएको स्थानीय बासीको आरोप छ ।विस्तृत विवरण आउन बाँकी 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech