Close This

सिन्धुलीमा ५२ वटा विद्यालय भवन निर्माण गरिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-३ गते   ४३४ पटक हेरिएको

सिन्धुलीका नौ स्थानीय तहमा ५२ वटा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिने भएको छ । छनोट भएका विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिसँग भवन निर्माण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधबार कमलामाई, दुधौली नगरपालिका, घ्याङ्लेख र गोलोन्जोर गाउँपालिकामा भवन निर्माण सम्झौता भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुलीका प्रमुख शिवकुमार सापकोटाका अनुसार, सम्झौता भएका चारकोठे पक्की भवनमध्ये कमलामाईमा चार वटा, दुधौलीमा सातवटा, घ्याङ्लेखमा एक र गोलोन्जोरमा पाँच वटा भबन रहेका छन् । त्यस्तै, सुनकोशीमा चार, मरिणमा पाँच, फिक्कलमा पाँच, हरिहरपुरगढीमा तीन र तीनपाटनमा पाँच वटा भवन निर्माण गरिने छ । अन्य पाँचवटा गाउँपालिकाको भवन निर्माण सम्झौता बिहीबार हुने जनाइएको छ ।उहाँका अनुसार, चार कोठे पक्की भवन (आरसीसी) निर्माणका लागि ६९ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै, तीन कोठे ट्रस भवन दुधौली, घ्याङ्लेख, मरिण र हरिहरपुरगढीमा एक–एक वटा रहेका छन् । यसको सम्झौता बिहीबार हुने जनाइएको छ । तीन कोठे भवन (ट्रस) निर्माणका लागि ३४ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै, मरिणमा दुई, फिक्कलमा दुई, दुधौलीमा एक, तीनपाटनमा तीन, हरिहरपुरगढीमा एक, सुनकोशीमा एक, घ्याङ्लेखमा एक र गोलोन्जोरमा तीन वटा दुई कोठे विद्यालय भवन (ट्रस) समेत निर्माण गरिने भएको छ ।

दुई काठे विद्यालय भवन (ट्रस) निर्माणका लागि २३ लाख बजेट बिनियोजन गरिएको जनाइएको छ । पुस मसान्त सम्ममा भवन निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । विद्यालय भवन निर्माणको बजेट सहितको सुचनाबोर्ड सबैले देख्ने ठाउँमा राख्नुपर्न जनाइएको छ । ट्रान्सपेन्सी इन्टरनेसनल नेपाल सिन्धुलीका अधिकृत गंगा घिमिरेले भुकम्प पछिको पुनःनिर्माणमा सदाचार कार्यक्रम अन्र्तगत रहेर निर्माण कार्यमा पारदर्शिता, जबाफदेहिता र सदाचारमा जोड दिइने बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech