छिमेकी लघुबित्त परिसरबाट पैसा लुटियो, संस्थाको गैर जिम्मेवार जवाफ

204 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको छिमेकी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय लालबन्दीमा अज्ञात समुहले लुटपाट गरेको छ।संस्थामा करिब पाँच जनाको समुहमा आएका मास्कधारी अज्ञात समुहले कर्मचारीहरुलाई चक्कु देखाई नगद सहित मोवाईल र सिसिटिभी तथा हार्डडिस्क समेत लुटेर लगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार मास्कधारी अज्ञात समुहले चक्कु देखाई कर्मचारीसंग रहेको नगद  रु. दुई हजार सहित दुई वटा मोवाईल र  संस्थामा रहेको नगद रु. ८५ समेत गरी जम्मा रु. ८७ हजार सहित संस्थाको सिसिटिभी तथा हार्डडिस्क समेत लुटेर लगेका छन् ।
प्रहरीका अनुसार कर्मचारीहरुलाई भित्र नै राखी बाहिरबाट चुकुल लगाई लुटिएको सामान र नगद लिएर मास्कधारी अज्ञात समुह फरार भएका छन् ।संस्थाका अनुसार हरिवन नगरपालिका १० की कल्पना थापाले उत्त संस्थाबाट निकालेको अन्दाजी रु ८५ हजार रकम बिहीबार दिउँसो करिब साँढे ३ बजे अज्ञात समूहले लुटेका हुन ।
उत्त संस्थाकी सेवाग्राही थापाको साथबाट करिब साँढे ३ बजे रकम लुटिएको भएपनि प्रहरीलाई करिब एक घण्टा पछि मात्रै जानकारी गराईएको थियो।त्यसपछि ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोली घटनास्थलमा पुगि आवश्यक कागजी प्रक्रिया पुरा गरेको छ ।
लुटपाट गर्ने मास्कधारी अज्ञात समुह फरार रहेका र उनीहरुको पहिचान गर्ने कार्यमा प्रहरी लागि सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।घटना घटेको करिब एक घण्टा ढिलो प्रहरीलाई उक्त संस्थाले जानकारी गराउनुमा उक्त संस्थाका शाखा प्रवन्धक सुवास न्यौपानलाई देब्रे पाखुरामा छुरा प्रहार गरि घाइते समेत बनाएका छन ।संस्थाका अनुसार एकजना पुरुष कर्मचारीको कानको सुनको मुन्द्रा समेत लुटेर लगेका छन् ।
हतियारधारी समुह प्रवेश गरेर वित्तीय संस्था लुटेर लगेपछि स्थानिय त्रसित भएका छन ।चोक,चौतारा तथा सार्वजनिक स्थलमा सिसिटिभि क्यामरा नहुँदा र भएका सिसिटिभी क्यामेराहरु पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा तोडफोड भएकाले टोल बस्ति र सार्वजनिक संस्थाहरुमा असुरक्षा बढिरहेको स्थानीयले बताएका छन् ।
यता,संस्थाका कर्मचारीहरुको मिलेमतो रहेको हुन सक्ने स्थानीयको आशंका छ।घटना घटेको समय भन्दा करिब एक घण्टा ढिलो प्रहरीलाई खबर गर्नुले कर्मचारीहरुको मिलेमतो रहेको हुन सक्ने स्थानीयको आरोप छ ।यता,संस्थाका शाखा कर्मचारी श्रेष्ठले सो सम्बन्धमा केही थाहा नभएको बताए।संस्थामा कति बजे लुटियो र प्रहरीलाई कतिबजे जानकारी भयो भन्ने सवालमा पनि आफुहरुलाई जानकारी नभएको संस्थाले जवाफ दिएको छ ।

सम्बन्धित समाचार