सर्लाहीका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप,औषधी छिट्दा पनि नियन्त्रण भएन्

508 Shares

सर्लाहीको पहाडी चुरे क्षेत्रमा किसानहरुले लगाएको मकै बालीमा लागेको फौजी किरा नियन्त्रणमा आउन नसकेको किसानहरुको गुनासो छ।जिल्लाको चुरेक्षेत्रमा पर्ने लालबन्दी नगरपालिका १५ र १६ को परवानिपुर र कालिन्जोर,लालबन्दी नगरपालिका १३ को पत्थरकोट,लालबन्दी नगरपालिका १४ को नारायणखोला, हरिवन नगरपालिका २ को अत्रौली,बागमती नगरपालिका १ को ढुङ्ग्रेखोला लगायतका क्षेत्रमा किसानहरुले लगाएको मकै बाली फौजी किराले अत्यधिक क्षति पुर्याइरहेको किसानहरुको गुनासो छ । 
मकैबालीमा फौजी किरा लागेपछि विषादी छर्कदा समेत फौजी किराले मकैको पात काट्न नछाडेको किसानहरुको गुनासो छ ।मकै उम्रदादेखि नै फौजी किराले सताउन थालेको र मकै हुर्किएर कम्मरसम्म आइसकेको भएपनि नछाडेको हो ।“फौजी किराले मकैको पात खाएर बोट नै ठुटो पारेको छ,त्यसले गर्दा बोट सप्रिन पाएको छैन्,औषधी छिट्न पनि मन लाग्न छाडि सकेको”किसानहरुले बताएका छन् ।
जिल्लामा फौजी किराले मकै बालीमा क्षति पुर्याउन थालेको तीन वर्ष भइसकेको भएपनि सरोकारवाला निकाय मौन देखिएको किसानहरुको गुनासो छ।मकैमा फैजी किरा सुरु सुरुमा लाग्दा आफुहरुले किरा मार्न औषधी प्रयोग गरेको भएपनि औषधीले समेत फौजी किरा मर्न छाडेपछि औषधी छिट्न मन लाग्न छाडेको किसानहरुको गुनासो छ ।बारम्बार औषधि छिट्दा पनि किराको प्रकोप नरोकिएपछि अहिले भने अधिकांश किसानले औषधि प्रयोग गर्नै छाडिसकेका छन्।
पर्याप्त वर्षा हुन नसक्दा मकैमा फौजी किराले क्षति पुर्याइरहेको कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवनाथ यादवले बताए ।उनका अनुसार तत्काल पानी पर्दिए फौजी किराको प्रकोप कम हुने छ ।“पानी पर्न थालेपछि फौजी किरा आफै कम भएर जान्छ तर अहिले पानी पर्नै नसकेर समस्या भएको हो,”कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख यादवले बताए ।“औषधि छिट्दा पनि हप्तामा दुई पटक छिट्नुपर्छ नत्र त किराको प्रकोप रोकिँदैन् ।”उनले भने,
फौजी किराले अन्य बाली भन्दा मकै नै बढी रुचाउँने साथै पानी नपरेका कारण कर्म बालीमा झन क्षती पुर्याउने गरेको र मकैको डाठ कलिलो हुँदा धेरै क्षति गर्ने फौजी किराले बोट छिप्पिँदै गएपछि भने कम क्षति गर्ने कृषि प्राविधिकहरुको भनाई छ ।

सम्बन्धित समाचार