Close This

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१३ गते   ५३४ पटक हेरिएको

जिल्लाको कविलासीमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । कबिलासी नगरपालिका १० स्थित नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नबलपुर तर्फ आउँदै गरेको बा १० प ४४८१ न. मोटरसाईकलले ठक्कर दिदा पहिचान खुल्न नसकेका अंदाजी वर्ष ७० का बृद्धको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
बाटो क्रस गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्रीको टाउकोमा गंभिर चोट लागेको थियो । घाईते बृद्धलाई उपचारको लागी बिरगंज लाने क्रम्मा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।उपचारको लागि लैजादैँ गर्दा बाटोमा ज्यान गएका बृद्धको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।
मोटरसाईकल चालक मंलगवा नगरपालिका ५ भाडसर बस्ने मोहम्मद गुलाम गैस पनि घाईते भएका छन । उनको दाहिने हात, दाहिने खुट्टामा चोट लागेको र स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा प्रयोग भएको मोटरसाईकल र सो मोटरसाईकलका चालक जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेका सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech