Close This

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध अनेरास्ववियु सडकमा,प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माको पुत्ला दहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-९ गते   ३८५ पटक हेरिएको

नेकपा(एमाले)को भातृसंगठन अनेरास्ववियु सर्लाहीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन तथा विरोध प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी एमाले निकट भ्रातृ संगठन अनेरास्ववियुले सर्लाही सदरमुकाम मलंगवामा बिहिवार साँझ विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थ मन्त्री जनार्दन शर्माको पुत्ला दहन गरेको हो । 
प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री देउवा र अर्थमन्त्री  शर्माको समेत पुत्ला दहन गरेका अनेरास्ववियु सर्लाहीका सचिव आशिष बाबु दाहालले जानकारी दिनु भयो । उनिहरुले “नालायक अर्थमन्त्री शर्मा राजिनामा दे,भ्रष्टचारी अर्थमन्त्री शर्मा राजिनामा दे ,पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज गर,नालायक प्रधानमन्त्री देउवा राजिनामा दे” लगायतका नारा लगाउँदै नगरको परिक्रमा गरेका छन् ।
नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । निगमले पेट्रोलमा प्रतिलिटर रु २१ ले मूल्य वृद्धि गरी रु १ सय ९९ पुर्याएको छ भने  डिजेल र मट्टितेलमा पनि रु २७ ले मुल्य वृद्धि गरि रु १ सय ९२ पुर्याएको छ ।
अनेरास्ववियु सर्लाहीले पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिनुपर्ने माग राखेर चरणवद्ध आन्दोलन चर्काएको अनेरास्ववियु सर्लाही क्याम्पस कमिटीका अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुले अहिले देशव्यापी रुपमा आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरि सञ्चालन गरि रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech