रोल्पाको त्रिवेणी गाउँपालिका २ स्थित रहेको नुुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेड र त्रिवेणी गाउँपालिका २ ले“सहकारीको डेढ करोड रकम लिएर पदाधिकारी र सदस्य सम्पर्क विहिन”भन्ने शिर्षकमा प्रकाशन भएको समाचार प्रति गंभिर ध्याानकर्षण भएको जनाएका छन् ।सहकारी र वडा कार्यालयले असार २६ गते मंगलबार एक विज्ञप्ती जारी गर्दै समाचारमा कुनै सत्यता नरहेको भन्दै गंभिर ध्यानाकर्षण भएको जनाएका हुन।
“कमलामाई मिडिया प्रा.लि.मा असार २६ गते डेढ करोड रकम लिएर नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु सम्पर्क विहिन शिर्षक राखि समाचार प्रकाशित भएकोमा सहकारीका पदाधिकारीहरु सम्पर्क विहिन नभएका र आफ्नो नियमित कार्यमा संलग्न हुदै नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालय यथावत सञ्चालन भइरहेको व्यहोरो जानकारी गराईन्छ ।” त्रिवेणी गाउँपालिका २ का वडा अध्यक्ष कविराज बुढाले हस्ताक्ष गरि जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडले पनि असार २६ गते यस सहकारीका पदाधिकारी र सदस्य गरी ३ जना रु १ करोड ६१ लाख रकम लिएर सम्पर्कविहीन भएका भन्ने विषयमा समाचार प्रकाशन भएको प्रति सहकारीको ध्यानाकर्षण भएको जनाएको छ ।
“असार २६ गते कमलामाई मिडिया प्रा. लि.बाट सहकारीको डेढ़ करोड रकम लिएर पदाधिकारी सम्पर्क विहिन शिर्षक राखी समाचार प्रकाशित भएकोमा पदाधिकारीहरुलाई कुनै सम्पर्क नगरी दुरासय पूर्ण ढंगले समाचार प्रकाशित भएकोमा घोर भत्सना गर्दै सम्बन्धीत निकायलाई ध्यानाकर्षण गर्न चाहन्छौ।”सहकारीकी अध्यक्ष प्रमिला पुन,सचिव चन्द्र बहादुर बस्नेत र सदस्य लोक बहादुर डांगीले संयुक्त हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
यता, समाचार प्रकाशन गर्ने कमलामाई मिडिया प्रा.लिले पनि समाचार प्रकाशनको क्रममा केही त्रुटि भएको भन्दै आगामि दिनमा समाचारजन्य विषयमा सचेत रहेर समाचार प्रकाशन गर्ने भन्दै समाचारमा भएको कमि कमजोरी प्रति क्षमायाचना गरेको छ । असार २६ गते मंगलबार “सहकारीको डेढ करोड रकम लिएर पदाधिकारी र सदस्य सम्पर्क विहिन” शिर्षकमा रोल्पाको त्रिवेणी गाउँपालिका २ मा रहेको नुुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी र सदस्य गरी ३ जना रु १ करोड ६१ लाख रकम लिएर सम्पर्कविहीन भएका भन्दै समाचार प्रकाशन भएको थियो ।तर पछि सहकारीका सचिव बस्नेत र सदस्य डाँगीसंग फोन सम्पर्क भएपछि समाचार सम्प्रेषणको क्रममा केही त्रुटी भएको पाइएको भन्दै समाचार प्रकाशन गर्ने कमलामाई मिडिया प्रा.लिले क्षमायाचना गरेको छ ।
लुम्बिनी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले शित भण्डार निर्माणका लागि लगाएको ठेक्काको रकम त्रिवेणी गाउँपालिका २ स्थित रहेको नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडले निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई भुक्तानी गर्नु पर्ने थियो तर लामो समय सम्म भुक्तानी नगरेर सहकारीका पदाधिकारीहरु र सदस्यहरु सम्पर्क विहिन भएका भन्ने विषयसंग जोडेर समाचार प्रकाशन भएको थियो ।
नुुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेड र माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स वीच ५ सय मेट्रिक टन क्षमताको शितभण्डार निर्माण गर्ने सम्झौता भएको र सो वापत निर्माण कम्पनीलाई रु १ करोड ६१ लाख रकम भुत्तानी गर्नु पर्नेमा भुक्तानी नभएको भन्दै निर्माण कम्पनीका सञ्चालक हरि प्रसाद अधिकारीले गुनासो गरेपछि समाचार सम्प्रेषण गरिएको थियो ।
२०७८ असारमा सम्झौता गरि काम सुरु भएको शित भण्डारको २०७८ पौष मसान्तमा निर्माणको काम सकिएको भएपनि विभिन्न बाहनामा सहकारीले भुक्तानी नदिएको र मन्त्रालयबाट रकम सहकारीको खातामा आइ सकेको भएपनि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डाँगी सम्पर्क बिहीन भएपछि आफुले विगत करिब ३ वर्षदेखि आफ्नो लगानीको ब्याज तिर्नु परेको गुनासो गरेपछि समाचार सम्प्रेषण गरिएको थियो र तर समाचार सम्प्रेषण गर्ने क्रममा सहकारीका कोही कसैसंग विभिन्न कारणवस प्रतिक्रिया लिन नसेको कारण दुरासय पूर्ण ढंगले समाचार सम्प्रेषण गरिएको भन्दे सहकारीले आपति जनाए पछि समाचार सम्प्रेषण गरेको कमलामाई मिडिया प्रा.लिले क्षमायाचना गरेको छ ।