सव इन्जिनियर यादवको हत्या प्रकरण दुई जना पक्राउ

165 Shares

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सव इन्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल–भारत सिमानाबाट दुई जनालाई पक्राउ गरेको छ । फागुन ३ गते साँझ अज्ञात समुहको गोली प्रहारबाट सव इन्जिनियर यादवको हत्या भएको थियो।अज्ञात समुहले गोली प्रहार गर्दा मलंगवा नगरपालिका १० मा डेरा गरेर बस्दै आएका यादवको ज्यान गएको थियो ।
हत्यामा संलग्न दुई जना आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।प्रहरीका अनुसार आरोपीहरूलाई सीमा नाकाबाट पक्राउ गरेर घटनाबारे सोधपुछ र आवश्यक अनुसन्धान सुरु भएको छ ।तर पक्राउ परेका मानिसहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।
सव इन्जिनियर यादवलाई बाहिर भेट्न बोलाएर बाहिर निस्कँदा गोली प्रहार गरी हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन।नेपाल इन्जिनियर्स एसोसिएसनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो।सव इन्जिनियर यादवको हत्याबारे मधेस प्रदेश प्रहरी कार्यालय र वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका अधिकृतहरूले अनुसन्धान गरि रहेका छन् । 

सम्बन्धित समाचार